शिक्षक महासंघले गर्‍यो सहमतिको मस्यौदामा परिमार्जन, आज छिनोफानो नभए आन्दोलन उग्र बनाउने

काठमाडौं । शिक्षक महासंघको आज बसेको बैठकले हिजो राति सरकारसँग भएको सहमतिको मस्यौदामा परिमार्जन गरेको छ । आज सरकारसँग फेरि बस्ने बैठकमा परिमार्जित मस्यौदामा सहमतिको प्रयास गरिने स्रोतले बतायो ।

शिक्षामन्त्री रघुजी पन्तसहितको बैठकमा हिजो केही बुँदामा सहमति जुटेर मस्यौदा तयार गरिएको थियो । सो मस्यौदामाथि आज शिक्षक महासंघको बैठकमा छलफल भएको हो । मस्यौदामा केही थपघट गरिएको महासंघका एक शिक्षक नेताले बताए ।

ती शिक्षक नेताका अनुसार आजबाट आन्दोलनलाई उग्र बनाउने तयारी थियो । तर, सहमति उन्मुख भएपछि त्यो तयारी आज एक दिनलाई स्थगित गरिएको छ । यदि आज सहमति नजुटेको खण्डमा भोलिबाट आन्दोलन चर्काउने उनले बताए ।

‘निषेधित क्षेत्र तोडेर सामूहिक गिरफ्तारी दिनेसम्मको योजना बनेको छ, आज सहमति भयो भने आन्दोलनले नयाँ मोड लिन्छ,’ उनले भने ।

Comments

3 responses to “शिक्षक महासंघले गर्‍यो सहमतिको मस्यौदामा परिमार्जन, आज छिनोफानो नभए आन्दोलन उग्र बनाउने”

  1. ksp pyl Avatar
    ksp pyl

    यिनले पनि दुर्गा प्रसाईं जस्तै आओ आओ भनेर मान्छे मार्न खोजे । यिनले पेशाको लागि कुरा गरिरहेका छन् कि कसैको भरिया भएर ? वार्ता कसरी भाँडने भन्नेतर्फ नै यिनीहरू उन्मुख देखिए । कहिले गेटबाट फर्किए , कहिले वार्ता नै केपि बाहेकसँग नगर्ने भने । सरकार पनि कडा होस् । लुत्रुक्क पर्ने होईन । नत्र धम्काएर खाने प्रवृत्ति बढछ् । यिनलाई जे गरिदिए पनि शिक्षाको गुणस्तर अलिकति पनि बढदैन यो चाहिँ क्लिएर छ ।

    1. कमलीकान्त भेटुवाल,लोकगायक Avatar
      कमलीकान्त भेटुवाल,लोकगायक

      तार्किक ढङ्गले हँसाउनुभो यहाँले। गुणस्तरिय शिक्षा भन्दापनि मोवाइलको लत बाट होमवर्क कसरी गर्ने,गराउने र अपारदर्शि बिध्यालय परिक्षा प्रणालीले बिध्यार्थिमा पर्न गएको दुरगामि मनोवैज्ञानिक असरलाई बहुसङ्ख्यक ठगेर खाने केही गाइडहरु जो नेतागिरि चम्चागिरि दादागिरि , उपल्लो पढाइमा अपडेट हुन नसिकेर बौद्दिकता हराएका केही चलाखधुर्तपनबाट गुज्रिरहेका फेसबुके,टिकटके,मेसेञ्जरे,युट्युबेहरुले बेसरम कक्षाकोठा छोडिरहेका छन्,तर तनाखा मस्तले हसुरिराछन्। चेतना भया! सोचेर अनि मेहनति शिक्षकको भलो हुनेगरि ,सुसँस्कृत समाजोन्मुख विध्यालय शिक्षा ऐन हतार नगरि ल्याईयोस,देश सुहाउँदो। जय मायाप्रेम।

  2. Janak Chaudhary Avatar
    Janak Chaudhary

    शिक्षा दिनेहरू नै उग्रताको प्रयाय बन्ने हो त ?
    अरूलाइ शिक्षा दिनेहरू स्वयमले अदालतको उपेक्षा गर्ने अवस्था भएकै हो त ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *