काठमाडौं । शिक्षक आन्दोलनमा घाइते भएकी पत्रकार सविना कार्कीले शिक्षकहरु सुरुदेखि निषेधित क्षेत्र तोड्ने मनस्थितिमा रहेको बताएकी छन् ।
तिलगंगा अस्पतालमा उपचाररत पत्रकार कार्कीले शिक्षकहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको बताएी छन् । उनले प्रहरीले हानेको पानी फोहोरले लागेर सुरुमै घाइते भएको बताइन् ।
उनले घटनाको विवरण सुनाइन्-
शिक्षक आन्दोलनमा हिजैदेखि समस्या सुरु भएको थियो । हिजै नै निषेधित क्षेत्र तोड्न खोज्नुभएको थियो सरहरुले । मैले बाइट लिने क्रममा भोलि १२ बजे हाम्रो जुलुस आइपुग्छ त्यही नै तपाईहरु आउनुस् अब हाम्रो आन्दोलन शान्तिपूर्ण हुँदैन । संसदभवन पनि घेराउ गछौं । हामी हाम्रै शैलीमा उत्रिन्छौं । भन्नभुयो ।
त्यही हिसाबले हामी १२ बजे बानेश्वर पुग्यौं । लगभग जुलुस आइपुग्न लागेको थियो निषेधित क्षेत्रमा । निषेधित क्षेत्र तोड्नलाई नाराजुलुस गर्दै उत्रिनुभयो । निषेधित क्षेत्र तोड्नलाई आक्रोशित भएपछि एक्कासी प्रहरीले पानीको फोहोरा हान्न थाल्यो ।
म चाहिँ खिच्नेतिर सोचिरहे । पानीको फोहोरा हान्दा म चाहिँ मोवाइल झिकेर भिडियो खिच्न थाले । क्यामेरा अन गर्न पाउँदा नपाउँदै म लेफ साइडमा थिए । पानीको फोहोरा एक्कासी आएर झयाप्पै अनुहारमा लाग्यो । केही देखिन । दिमाग पुरै ब्याल्यक भयो । धुलमुल भयो । चिचिचाए । आत्तिए ।
एकजना म्याम आएर प्रहरीलाई खबर गरिदिनुभयो । प्रहरीले बोकेर मलाई सिभिल अस्पताल लैजानुभयो । पुलिसले बोकेर लगेर गाडीमा चढाइसकेपछि मैले पत्रकार हो भने । उहाँहरुपनि आत्तिनुभएको थियो । फोन गरिदिनुस् भनेको थिए । कल त गर्नुभएन । अस्पतालबाटै कल गरिदिनुभएको थियो । पानीको फोहोरा आयो मलाई मात्र लाग्यो । मिस्टेकली लागेको हो । जानीजानी हानेको त हैना । म छेउमा थिए । म परेको हो ।

Leave a Reply