यी हुन् प्रहरीसँगको झडपमा घाइते भएका २६ शिक्षक (नाम-ठेगानासहित)

काठमाडौं । शिक्षक आन्दोलनमा २७ जना घाइते भएका छन् । नेपाल शिक्षक महासंघले उपलब्ध गराएको सूची अनुसार आन्दोलनमा विभिन्न जिल्लाका २६ जना शिक्षकहरु घाइते भएका हुन् ।

घाइतेहरुलाई सिभिल अस्पताल भर्ना गरिएको छ । आन्दोलनरत शिक्षकहरुले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसँग घम्साघम्सी भएको थियो । शिक्षकहरूले सडकपेटीको ढुंगा उप्काएर प्रहरीमाथि प्रहार गरेका थिए ।

सोही क्रममा प्रहरी भीड नियन्त्रणमा लिन पानीको फोहरा हानेको थियो ।  केही प्रहरी पनि घाइते भएका छन् ।

Comments

4 responses to “यी हुन् प्रहरीसँगको झडपमा घाइते भएका २६ शिक्षक (नाम-ठेगानासहित)”

  1. खडेरी Avatar
    खडेरी

    निषेधित क्षेत्र भनेर जान्दाजान्दै किन जबरजस्ती गर्नु परेको? एम सि सि पो कमिसनका लोभले सबैले पास गरे।यो त शिक्षण र शिक्षाको लागि गरिएको आन्दोलन हो।कमिसन आउदैन। सितिमिति ऐन आउदैन सर म्यामहरु।

  2. Kamal Paudel Avatar
    Kamal Paudel

    हरिभक्त कंडेल बागलुङ छैन त लिष्टमा! उहाँको एभरेष्ट हस्पिटलमा उपचार भैरहेको छ।

  3. RK Avatar
    RK

    दुर्गा प्रसाई हुन खोजेका होलान ! किन जोर जवरजस्ती !

  4. Janak Chaudhary Avatar
    Janak Chaudhary

    शिक्षकजस्तो पेशाका व्यक्तिहरूले निषेधित क्षेत्र तोडेर माग पूरा गर्ने योजना बनाउनु नै दुखद कुरा हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *