निजामती विधेयकमा आज यी बुँदा पारित (भिडिओ)

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रारम्भिक बुँदा पारित गरेको छ ।

विधयेकमाथि छलफल गर्न बुधबार सिंहदरबारमा बसेको समिति बैठकले प्रस्तावना र नाम सर्वसम्मतले अनुमोदन गरेको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए ।

जसअनुसार विधेयकको प्रस्तावनामा रहेको उत्तरदायी भन्ने शब्दको सट्टा जनउत्तरदायी, समावेशी, पारदर्शी, परिणाममुखी, प्रविधिमैत्री शब्द राख्ने तथा सुशासनमुखी भन्ने शब्दमा सुशासनयुक्त शब्द राख्ने प्रस्ताव अनुमोदन भएको छ ।

त्यस्तै विधेयकको नाममा रहेको २०८० लाई २०८२ बनाउने सहमति भएको छ । अन्य विषयमा क्रमश छलफल गर्दै सहमतिका साथ विधेयकलाई अघि बढाउने खतिवडाले बताए । संसदको अबको अधिवेशनमा नै लैजाने गरी विधेयक पारित गर्ने उनको भनाइ छ ।

सरकारले २०८० साल फागुनमा उक्त विधेयक प्रतिनिधिसभामा दर्ता गरेको थियो । कर्मचारी संगठनहरूले भने आफुहरूसँग यसअघि भएका सहमतिका आधारमा विधेयक अघि बढ्नुपर्ने अडान राखेको छ ।

Comments

2 responses to “निजामती विधेयकमा आज यी बुँदा पारित (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    महत्वपूर्ण निर्णय ८० लाई ८२ बनाउने । धिक्कार छ यस्तो समिति र सदस्यहरूलाई । अझै महिनौं अल्झाएर दाम कमाउने बाटोमा समिति । समितिका सदस्यहरूको सम्पत्ति छानबिन गरेर को सँग कति पैसा खाएका छन् सार्वजनिक गर ।

  2. ksp pyl Avatar
    ksp pyl

    कर्मचारीले देशै ठप्प पारेर अघि बढे मात्र विधेयक पारित हुन्छ । नत्र समितिकाहरूको ध्यान नै अरू छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *