काठमाडौं । सत्तारुढ नेकपा एमाले र कांग्रेसको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका एमाले र कांग्रेसका नेताहरु उपस्थित छन् ।
बैठकमा पछिल्लो समयको राजनीतिक विषय र सरकारका कार्य सम्बन्धमा छलफल भइरहेको बताइएको छ ।
बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र उपमहासचिव तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी छन् ।
त्यस्तै, कांग्रेसबाट सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा सहभागी छन् ।
यद्यपि बैठकमा कांग्रेस महामन्त्री गगन थापा भने सहभागी छैनन् । उनी सरकारका कामलाई लिएर पछिल्लो समय आलोचना गर्दै आएका छन् । थापा आज पार्टीको क्षेत्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्न बारा पुगेका थिए ।
त्यसैगरी, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का पनि बैठकमा आएका छैनन् ।


Leave a Reply