च्यासलमा एमाले सचिवालय बैठक

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बसेको छ । पार्टी कार्यालय च्यासलमा अहिले बैठक जारी छ ।

आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले समसामयिक राजनीतिक परिस्थिति र सरकारको कामकारवाहीको ब्रिफिङ गरिरहेका छन् । सँगै पार्टीको जरा केन्द्रित अभियान तथा जागरणसभाको समीक्षा र भावी योजनाको पनि छलफल हुने बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *