सडकमा नारा- कुलमानलाई कार्यकारी राष्ट्रपति बनाऊ (भिडिओ/तस्बिरहरू)

काठमाडौं । विद्युत प्राधिकरणबाट निकालिएका कुलमान घिसिङको समर्थनमा आज पनि काठमाडौंमा प्रदर्शन भएको छ । कुलमानलाई पुनर्वहाली गर्नुपर्ने उनीहरूको माग छ ।

घिसिङलाई कार्यकारी राष्ट्रपति बनाउनुपर्नेलगायतका माग राख्दै समर्थकहरू सडकमा आएका छन् । समर्थकहरूले कुलमान हाम्रो शान हो, देश र जनताको मान हो, उज्यालो नेपालका नायक, कर्मचारी संयन्त्रमाथिको बेथिति बन्द गरजस्ता नाराअंकित प्लेकार्ड बोकेका थिए ।

तस्बिरहरू : उमेश कार्की । 

Comments

One response to “सडकमा नारा- कुलमानलाई कार्यकारी राष्ट्रपति बनाऊ (भिडिओ/तस्बिरहरू)”

  1. yuvaraj adhikari Avatar
    yuvaraj adhikari

    कडा माग हाे । बनाउने चाहिँ कसले ? संविधानमा व्यवस्था छैन । कि संविधान संसाेधन गरेर बनाईदिनु पराे माग गर्नेहरुले । नत्र असंभव माग किन गर्नु ? ताताे न छाराे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *