नेपाली बजार भित्रिए बर्लीका १७ एयर कूलर 

काठमाडौं । भारतको ओरिजिनल इक्विपमेन्ट म्यानुफ्याक्चर बर्ली होम एप्लायन्सले नेपालमा आधिकारिकरूपमा १७ आधुनिक एयर कुलरहरू सार्वजनिक गरेको छ। सोमबार एक कार्यक्रमको आयोजना गर्दै उक्त एयर कुलरहरू नेपाली बजार भित्र्याइएको जानकारी दिइएको हो ।

नेपाली बजारका लागि बर्लीको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्स रहेको छ । कार्यक्रममा बर्लीका कुलरहरूको अनावरण सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी र बर्ली होम एप्लायन्सका प्रबन्ध निर्देशक चिराग शर्माले गरेका हुन् । उक्त कार्यक्रममा प्रबन्ध निर्देशक चौधरीले बर्लीका एयर कुलरहरु नेपाली ग्राहकहरूको रोजाइमा पर्ने बताए ।

कार्यक्रममा बर्ली होम एप्लायन्सका प्रबन्ध निर्देशक चिराग शर्माले नेपालमा सार्वजनिक गरिएका उत्पादनहरूको विशेषता र भविष्यमा बर्लीको थप नयाँ उत्पादनहरू पनि नेपालमा प्रस्तुत गर्ने योजना रहेको बताए । ग्राहकका लागि बर्लीका उत्पादनहरू सरल, सुलभ मूल्यमा उपलब्ध गराइने उनले दाबी गरे ।

त्यस्तै, नेपाली ग्राहकको माग अनुसार बर्लीका उत्पादन नेपाली बजारमा ल्याएको कम्पनीका सेल्स हेड मनोज झाले बताए । बर्लीलाइ एउटा उचाइमा पनि पुर्‍याउने उनले दाबी गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *