पूर्वविशिष्टलाई आजीवन सुविधा दिने सरकारको तयारीबारे गगनले भने- जनतामा आक्रोश छ, नचाहिने काम नगरौँ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले अहिले नागरिकहरूमा देखिएको असन्तुष्टि घटाउने काममा केन्द्रित हुनुपर्ने बताएका छन्।

पाँचथरको तुम्बेवा महोत्सव २०८१ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै अहिले नागरिकहरूमा देखिएको आक्रोशमा केही मान्छेहरूले घिउ थप्ने काम गरिरहेको बताए।

उनले भने, ‘स्थानीय होस् वा संघीय सरकार जसले भएपनि चाहिने काम मात्रै गरौँ नचाहिने काम नगरौँ। अहिले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख भइसकेको व्यक्तिहरूले जीवनभरी सेवा सुविधा पाउनेगरी कानुन बनाउन सरकारले लाग्यो रे भन्ने हल्ला आएको छ। यस्तो कुराले स्वभाविक रूपमा नागरिकहरूलाई रिस त उठ्ने नै भयो। तर कतिपय कुरालाई हामीले ठिक समयमा ठिक ढङ्गले बुझाउन पनि सक्नुपर्छ।’

उनले आफू स्वास्थ्य मन्त्री हुँदा ठुला नेताहरूको उपचार गर्न विदेश जाने र त्यसको खर्च सरकारले व्यहोर्ने कुरा गलत भएको भन्दै सांसदबाट कानुन बनाएर रोकेको बताए।

उनले भने, ‘अहिले सरकारले पूर्वविशिष्टलाई राज्यले दिनैपर्ने न्यूनतम सुरक्षा दिन्छु त्यो बाहेक आज राज्यको ढुकुटीमा धेरै ठूलो दबाब परेको छ। त्यसैले सरकारले चाहेको बेलामा निर्णय गरेर पैसा दिने अभ्यास कानुन बनाएर रोक्छु भन्नेपर्छ। पैसा बाँड्ने होइन रोक्ने कानुन बनाउँछु भन्नुपर्छ सरकारले। माथिदेखि तलसम्म सबै सरकारले त्यही गर्नुपर्छ।’

Comments

One response to “पूर्वविशिष्टलाई आजीवन सुविधा दिने सरकारको तयारीबारे गगनले भने- जनतामा आक्रोश छ, नचाहिने काम नगरौँ (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    कानून बनाएर कुनै पनि कुरा व्यवस्थित गर्नु नराम्रो हो र ? अहिले रामवरण यादवलाई कुन कानूनको आधारमा घर भाडा र सुरक्षाकर्मी दिईरहेको ? कानूनले निर्दिष्ट गर्नु त कानूनी राज्यमा उचित र पारदर्शी काम हो नि । अन्य देशमा नि यहि नियम छ । जनतालाई उचाल्ने दलालहरू छन् । तिनलाई देशको माया छैन । अशान्ति फैलाएर विदेशीको जुठो खाने, ओलिको विरोध गर्ने धन्दामा छन् ती । तर जनताले सही र गलत छुट्याउन जान्नुपर्छ । नत्र दु:ख पाईन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *