काठमाडौं । काठमाडौंको मौसम धुम्म रहेको छ । जसले गर्दा अन्तर्राष्ट्रियतर्फको विमान अवतरणमा समस्या भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
विमानस्थलका अनुसार अन्तर्राष्ट्रिय जहाजको उडान र आन्तरिकतर्फको जहाज उडान र अवतरणमा भने कुनै समस्या छैन ।
विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाले थाइल्यान्डबाट आएको थाई एयरको विमान ओभर सुट गर्दा पनि ल्यान्ड हुन नसकेको बताए ।
उनले भने, ‘दिल्लीबाट आएको एयर इन्डियाको जहाजले ओभर सुट गरेर ल्यान्ड गर्यो, तर थाई एयरको विमानले भने ल्यान्ड गर्न सकेको छैन । हावाको कारणले जहाज ल्यान्ड हुन नसकेको हो ।’
आन्तरिकतर्फको रन वे लामो भएकाले जहाज उडान र अवतरणमा केही समस्या नरहेको शेर्पाले बताए ।

Leave a Reply