काठमाडौं । अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेर हदको कारणले बाहिरिएका विद्यार्थी नेताहरुलाई नेकपा माओवादी केन्द्रले पार्टीको जिम्मेवारी दिएको छ ।
अखिलबाट बाहिरिएका १५१ जना विद्यार्थी नेताहरुलाई कार्यदलको सिफारिसको आधारमा जिम्मेवारी दिएको हो ।
अखिलबाट बिदा भएका विद्यार्थीहरुको व्यवस्थापन गर्नको लागि माघ ४ गर्ते उपमहासचिव शक्ति बस्नेतको नेतृत्वमा हिमाल शर्मा र पन्चा सिंह सदस्य रहेको ३ सदस्यीय कार्यदल गठन गरिएको थियो ।
कार्यदलको प्रतिवेदनको आधारमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनअनुसार विद्यार्थी नेताहरुलाई जिम्मेवारीसहितको परिपत्र महासचिव देव गुरुङले प्रदेश कमिटीमा पठाएका छन् ।


Leave a Reply