शिवरात्रि : ‘दि महादेव मेनिया’

आधुनिक चिकित्सा विज्ञानले समेत मानेको योग र फास्टिङको शुरूआत भगवान् शिवबाटै भएको थियो, यदि ब्रम्हाण्डमा देवता छन् भनेर मान्ने हो ती देवादिदेव महादेव नै हुन् ।

सावाँ अक्षरमात्रै जानेर स्वस्थानी कथा भन्न सक्दैनस्, अशुद्ध पढ्दा पाप लाग्छ पुरोहितलाई बोला, भनेर हजुरआमाले अर्‍हाउनुभो । हजुरआमालाई हामी नाती नातिनाहरू आमा नै भन्थिम् । नेपाली अलि अलि लेख्न पढ्न त जानेकै थिएँ, तर आमाले ‘सावाँ अक्षरमात्रै जानेको’ भनेर घटुवा गरिदिएपछि त्यो वर्ष मेरो स्वस्थानी भन्ने योग्यता पुगेन । अर्को एक बर्ष कुर्नु परो ।

माघ एक महिनामात्रै हो स्वस्थानी पढ्ने । त्यसपछि स्वस्थानीको किताब आमाले सन्दुसभित्र रातो रुमालले बाँधेर राख्नुहुन्थ्यो । अर्का माघ नआउन्जेल स्वस्थानी पढ्न सक्ने योग्यता भए पनि पढ्न पाइने थिएन । एकदिन घरमा कोही नभएको मौका छोपेर कसैले थाहा नपाउने गरी स्वस्थानीको किताब बाँधेको रातो रुमाल फुकाएँ । पढ्न सक्छु कि सक्दिनँ भनेर आफ्नो योग्यता जाँच्नु थियो, बीचतिरका २-४ पाना पढेँ । सकिँदो रहेछ ।

स्वस्थानी पढ्ने योग्यता पुगे जस्तो लागो । तर, आफ्नो योग्यता आफैँले जाँचेर के हुन्थ्यो ? आमाले प्रमाणित गरपछि मात्रै योग्यता पुग्थ्यो, त्यति जाँच गर्न पनि माघ आउनै पर्ने । अरु महिनामा स्वस्थानी पढ्ने चलन थिएन ।

भगवान् छन् कि छैनन् मलाई एकिन छैन । भगवान् नै छैनन् भने बेग्लै कुरा भयो । भगवान् छन् भने चाहिँ हामी सबैमा भएको देवादिदेव महादेवबाट निसृतः शिवशक्तिको पहिचान गरौँ । शिवको प्यारो शिवरात्री आत्मचिन्तन, आत्मशुद्धीको अनुभूत गर्ने अवसर हो ।

त्यतिबेला स्कूलहरूमा अन्तिम परीक्षा मंसिरमा हुन्थ्यो । अर्को माघ आएर स्वस्थानी पढ्ने बेलामा एउटा कक्षाबाट पास भएर अर्को कक्षामा पुगेँ । थोरै भएपनि स्कूलतिरको योग्यता पनि बढेकै थियो होला, स्वस्थानी पढ्न सक्ने योग्यता त आफैँले सुटुक्क जाँच गरेकै थिएँ । त्यो माघमा पढ्न सक्छु, पढ्छु भन्ने ढिपी र, पढ्न नदिए स्कूलै जान्न भन्ने दम्स्याईले गर्दा स्वस्थानी बढ्न पाइयो । अगाडिको ‘उपनयतुमंगलमवा’ र अन्तिमको ‘यं व्रम्हा’ वाला पानावाहेक अरु पढ्दै गइयो ।

त्यही बेलादेखि हो मैले महादेवलाई चिनेको ।

शुरूका अध्याय पढुञ्जेल मलाई महादेव उति गतिला देउता हुन् झैँ लागेन । पढ्दै जाँदा ‘हे मुने श्रृष्टि गर्ने चतुर्मुख बम्हा, पालन गर्ने, विष्णु, संहार गर्ने महादेव हुन् । यिनैले यो श्रृष्टिको कार्य निर्वाध गतिले गर्दछन् ।’ महादेवले संहार गर्ने भनिएको थियो, त्यो भनेको मारकाट गर्ने भन्ने बुझेर कताकता डर पो लागो ।

अघिल्लो अध्यायमा नै महादेवप्रति राम्रो ‘इम्प्रेसन’ थिएन । त्यसमाथि दक्षप्रजापतिले महादेवलाई ‘….तँ कस्तो भने मसानको खरानी घसी, सर्पको गहना लगाई, बाघको छाला ओढेर डमरू त्रिशुल लिई बूढो साँढेमा चढेर हिँडने, विष भाङधतुरो खाई, भूतप्रेत नचाई मशानमा बस्ने, राता राता आँखापारी, जस्तो मन लागो त्यस्तै नाची मान्छेका टाउकाको माला पहिरी, जहाँ पायो त्यही पाउ राखी लाज नमानी हिँड्ने…।’ भन्दै गालीगलोज गरेको सुनेपछि महादेव लफडा र फोहोरी-फोहोरी पनि लाग्न थाल्यो ।

स्वस्थानी पढ्दै गएपछि चैँ महादेवप्रति बनेको मेरो धारणा पूरै फेरिँदै गयो । अरुले दुःख पाए भने आफ्नो ज्यानको समेत परवाह नगरी लड्ने, विनाकारण आफूलाई तथानाम भनेर बेइज्जत गर्ने दक्षको टाउको छिनाई सकेपछि पनि उसकी श्रीमतीको वेदना देखेर बिउँताइ दिने, ब्रम्हा, विष्णु र तेत्तिस कोटी देवताले समेत गर्न नसकेका काम गर्ने, शक्तिशाली राक्षसहरू र तिनीहरूका हज्जारौं हज्जार सेनासँग एक्लै भिड्न जाने, कोहीसँग नडराउने, अन्यायीहरूलाई ठाउँको ठाँउ सिध्याइदिने ।

महादेवले यस्तो उत्सव मनाउन रातिकै समय किन रोज्नुभयो ? अथवा निशाचरहरू सलबलाउने रातको अन्धकारमा नै किन शिवरात्रि सेलिब्रेसन गर्नुपर्ने भन्ने प्रश्नको एकिन उत्तर छैन । तर sadguru.com मा गरिएको व्याख्या गज्जब छ । यो ब्रम्हाण्डमा प्रकाश थोरै र अन्धकार सर्वत्र व्याप्त छ ।

लफंगा र फोहोरी भनिएका महादेव त दयावान्, अथाह शक्तिशाली र स्वच्छन्दताका पर्याय पो देखिए । अब भने मलाई महादेवजत्तिका देउता अरु कोही छैनन् जस्तो लाग्न थालो । स्वस्थानी पढ्ने योग्यता प्रमाणित भएपछि धेरै वर्ष स्वस्थानी पढेँ । पढुन्जेल महादेव बराबरका अरु कुनै देउता छैनन् जस्तो लागिरह्यो ।

पहिलो चोटि स्वस्थानी पढेको करिब तीनदशक पछि शिवरात्रीको अवसरमा मलाई उनै महादेवको सम्झना आयो । त्यो पनि आफूले पढ्न नपर्ने युट्यूवले पढिदिने जमानामा । यो बीचमा स्वस्थानीबाहेक अरु कैयौं ग्रन्थ, अध्ययन सामाग्री र इन्टरनेटमा उपलब्ध हुने र मैले बुझ्न सक्ने सम्मका आलेखहरू पढेँ । अझै पनि मलाई महादेव जतिका करुणामय, लोक कल्याणकारी, सरल, स्वच्छन्द अद्भूत क्षमता भएका देउता अरु छैनन् भन्ने लाग्छ ।

यसो भन्नुका पछाडि कारणहरू छन् ।

१) सरल, सौम्य र मायालु देउता

महादेवमा अलौकिक सौन्दर्यता भेटिन्छ । शंकर, भोलेनाथ, शिव रुद्र, कैलाशपति, पशुपति, महेश, महेश्वर, आदियोगी योगेश्वर आदि अनेक नामले चिनिने महादेवको स्वरूप र भावभंगी बडो विचित्रको छ ।

पुराणमा वर्णन गरिए झैँ जिउभरी भस्म (खरानी) घस्ने, घाँटीमा सर्पलाई माला बनाएर पहिरिने, जटा फिजाउँने, मुण्डमाला (मान्छेका टाउकाको माला) लगाउने, हरदम नन्दीभिरिङ्गी, भूतप्रेत, पिशाचहरूबाट घेरिएर बस्ने महादेव अन्य देउताहरूभन्दा कहाँ हो कहाँ फरक छन् । न भगवान्वाला गेटअप छ, न राम्रो रूप, न ईश्वरको ‘भाइव’ आउने चालढाल र व्यवहार ।

छिनमै झसङ्ग रिसाउने रुद्ररूप, छिनमै खुशी हुने शान्त शिवरूप, कहिले दम्स्याउने, कहिले घुर्की लगाउने कैले ‘मलाई त्यही केटी चाहियो’ भने झैँ विष्णु भगवान्‌लाई दक्षकी छोरी सतिदेवीको विवाह जसरी भए पनि मैसँग गराइदेऊ नत्र……भनेर ‘इमोशनल ब्ल्याकमेल’ गर्ने, कहिले आफ्नो भक्तलाई मृत्युवरण गराएको भनेर यमराजमाथि नै आक्रमण गरिहाल्ने, खुसी भएपछि भक्तले जे मागे पनि ‘तथास्तु’ भनेर दिइहाल्ने यी महादेवका बारेमा जति धेरै पढ्छु, बुझ्छु, सुन्छु, उति धेरै यीनको मायामोहमा पर्दै जान्छु ।

यो ब्रम्हाण्ड नै हलचल गराउने प्रलयकारी शक्ति भएका महादेवलाई कालको अन्त्य गर्नसक्ने ‘कालान्तक’ भनिन्छ । यस्तो अजेय र अभेध्य शक्ति हुँदाहुदै पनि उनमा न अहंकार, न अभिमान, न शक्तिको दुरूपयोग । महादेव साँच्चि नै मायावी र मायालु लाग्छन् ।

२) सृष्टि सन्तुलनको अद्भुत क्षमता

आफ्नी प्राणप्यारी सतिदेवीको मृत शरीर बोकेर पृथ्वी भ्रमण गर्ने पागल प्रेमी महादेवको बारेमा पढ्दा यी बौलाहा झैँ देखिन्छन् । यस्ता सन्की, बौलाहा र लफंगा महादेवमा संसारको संहार गर्ने रुद्रशक्ति ‘रूद्रत्व’ र श्रृष्टि गर्ने ‘शिवत्व’ अन्तर्निहीत छ । सृष्टि र संहार गर्ने दुइटै भूमिका निभाएर यो संसारमा सन्तुलन मिलाउने अद्भूत सामर्थ्य भएकाले महादेवलाई ‘लयकारक’ पनि भनिन्छ । महादेवबाट शक्ति प्राप्त नगरी ब्रम्हाले समेत यो तीनलोक, चौध भुवन, दानव, मनुष्य र यो चराचर जगत श्रृष्टि गर्न सकेनन् । यसैकारण उनलाई देवताका पनि देवता मानिएको छ ।

आफ्नो टाउकोमा गंगानदी बहाउने, चन्द्रमा शिरमा लिएर हिँड्ने ‘चन्द्रशेख’, बाघको छाला कम्मरमा बोकेर हात्तीको छाला ओढी हिँड्ने, देब्रे हातमा त्रिशूल बोकेर दाहिने हातले डमक, डमक, डमक डम्मरू बजाउने महादेव सत्य, देवत्व र सुन्दरताका प्रतीक हुने भएकोले भक्तहरूले सत्यम्, शिवम्, सुन्दरम्भनेर सम्झना गर्दछन् ।

३) आफ्नै ज्यानको परवाहन गर्ने दुस्साहसी देउता

शिवरात्रीमा ब्रम्हाले नै रुद्रस्वरूप महादेवको श्रृष्टि गरेको भनिए पनि मलाई महादेव आफ्नै बलबुतामा, आफ्नो सामर्थ्यद्वारा नै स्थापित भएका हुन् भन्ने लाग्छ । कुनै छलकपट, षड्यन्त्र, रिस, राग, र लोभबाट मुक्त भएका महादेवलाई देवताहरूले समुन्द्र मन्थन गर्दा निस्केको विष ‘मरे पनि यहि लफंगा मरोस’ भनेझैं गरि खुवाएका हुन् कि भन्ने लाग्छ। त्यो हलहल विष फैलिएर पूरै संसार ध्वस्त हुने देखेर महादेवले जे पर्ला पर्ला मरे मै मरुँला यो संसार बाँचोस् भनेर हाँसीहाँसी त्यो विष पिइदिए।

विष शरीरमा फैलिएला भनेर आफ्नो योगवलले घाँटीमा अड्काई राख्दा विषको प्रभावले घाँटी नै निलो भएकोले त्यस दिनदेखि महादेवलाई नीलकण्ठ भनिएको कथा पढ्न पाइन्छ । त्यति मात्र होइन, ब्रम्हा र विष्णुबीचमा तँ ठूलो कि म ठूलो भन्ने अभिमानमा एउटाले अर्कोलाई देखाइदिने होडवाजीले संसार तहसनहस हुने देखेर महादेवले शिवरात्रिकै दिनमा भीमकाय ज्योतिर्लिङ्ग प्रादुर्भाव गरिदिए । ब्रम्हा र विष्णुलाई जसले ज्योतिर्लिङ्ग फेद र टुप्पो (आदि र अन्त्य) पत्ता लगाउन सक्छ त्यही ठूलो भन्ने शर्त राखिदिए ।

दुईटै देवताले फेद र टुप्पो पत्ता लगाउन नसकी हायलकायल भएर फर्किसकेपछि आज उप्रान्त तिमीहरू दुईजना बराबर छौ, धेरै चुरिफुरी नगर्न भनेर विवाद मिलाई समन्वयकारी भूमिका निभाएको कथा पनि शिवरात्रिको दिन धेरैले सम्झने गर्दछन् । यही शक्तिको सम्झनास्वरूप नै होला शिवरात्री कै दिन नेपाली सेनाले ‘सेना दिवस’ पनि मनाउँछ ।

लफंगा र फोहोरी भनिएका महादेव त दयावान्, अथाह शक्तिशाली र स्वच्छन्दताका पर्याय पो देखिए । अब भने मलाई महादेवजत्तिका देउता अरु कोही छैनन् जस्तो लाग्न थालो । स्वस्थानी पढ्ने योग्यता प्रमाणित भएपछि धेरै वर्ष स्वस्थानी पढेँ । पढुन्जेल महादेव बराबरका अरु कुनै देउता छैनन् जस्तो लागिरह्यो ।

४) शिव सम्मोहन एक अद्भूत शक्ति

भगवान् शिवले नै मेरो सबैभन्दा प्यारो रात शिवरात्रि हो भनेर एकिन गरिदिएको कथालाई आधार मान्दा हरेक महिना चन्द्र मासका चौधौं रात (औँसीको एक दिन अगाडि) शिवरात्रि पर्छ । यो हिसाबले, एक वर्षमा १२ वटा शिवरात्रि हुन्छन् । तीमध्ये माघ अथवा फागुन महिनाको चौधौं रातलाई शिव रात्रिहरूमध्ये पनि विशेष मानिएको हुनाले ‘महाशिवरात्रि’ भनिन्छ । शिवरात्रि उत्सवहरूमा पनि श्रेष्ठ ‘सर्वोत्सव’ हो ।

महादेवले यस्तो उत्सव मनाउन रातिकै समय किन रोज्नुभयो ? अथवा निशाचरहरू सलबलाउने रातको अन्धकारमा नै किन शिवरात्रि सेलिब्रेसन गर्नुपर्ने भन्ने प्रश्नको एकिन उत्तर छैन । तर sadguru.com मा गरिएको व्याख्या गज्जब छ । यो ब्रम्हाण्डमा प्रकाश थोरै र अन्धकार सर्वत्र व्याप्त छ । प्रकाश कुनै स्रोतबाट मात्र आउने हुनाले यसको शुरू र अन्त्य हुन्छ । अन्धकारको स्रोत हुँदैन, यो आफैँमा श्रोत हो । यो सर्वव्यापी हुने हुनाले जताततै पाइन्छ । ब्रम्हाण्डको त्यही अथाह अन्धकार र शून्यता, त्यो खालीपनमा नै यो श्रृष्टि चलिरहेको छ । त्यही अपरिचित शून्यता नै शिव हो । त्यही अन्धकारमय शून्यताको प्रतिकको रूपमा शिवरात्रि उत्सव मनाइएको देखिन्छ ।

असिम शक्ति हुँदाहुँदै पनि शिवको लवाई खुवाई हेर्दा, गाँजा, भाङ, धतुरो खाएको र बाघ हात्तीका छाला लगाउँदै हिँडेको देख्दा छिनमै रिसाई हाल्ने, छिनमै खुशी हुने, घुर्क्याउने दम्स्याउने मात्रै होइन उच्च कोटीका प्रेम समर्पण र दयाभाव देख्दा भगवान् शिव म आफैँभित्र नै छन् झैँ लाग्छ ।

“हस्तयोर्हरस्तिष्ठतु अर्थात् मेरा हातमा शिवको बास छ, ‘हृदये शिवस्तिष्ठतु’ अर्थात मेरो मनमुटुमा शिवको बास छ । ‘शिरसि महादेवस्तिष्ठतु अर्थात मेरो मस्तिष्कमा शिवको बास छ भनेर त्रैतरीय उपनिषद्मा लेखिएकै छ । यो हिसाबले म नै शिवहूँ ‘शिवोऽहम’ हामी सबैजना, हामीले देखे सुनेबुझे अनुसारका सबै चिज शिव हुन अर्थात सर्वम् शिवमयम् भन्न सकिन्छ ।

शुरूका अध्याय पढुञ्जेल मलाई महादेव उति गतिला देउता हुन् झैँ लागेन । पढ्दै जाँदा ‘हे मुने श्रृष्टि गर्ने चतुर्मुख बम्हा, पालन गर्ने, विष्णु, संहार गर्ने महादेव हुन् । यिनैले यो श्रृष्टिको कार्य निर्वाध गतिले गर्दछन् ।’ महादेवले संहार गर्ने भनिएको थियो, त्यो भनेको मारकाट गर्ने भन्ने बुझेर कताकता डर पो लागो ।

शिव सम्मोहनको एउटा कडी भनेको शिवलाई, पूजाआराधना गर्ने परम्परागत पद्दतिमा क्रमभंगता हो । भगवान् शिवको सम्झना कसरी गर्ने भन्ने बारेमा शिव पुराणमै यसो भनिएको रहेछ ।

न स्वानेन न वस्त्रेण न धूपेन न चार्चया ।

तुष्यामी न तथा पुष्पैर्यथा तत्रोवासतः ।।

अर्थात् शिवपुराणका अनुसार भगवान् शिव अभिषेक, वस्त्र, धुप, पूजाअर्चना अथवा फूलमालाले भन्दा व्रत र उपासना अचेलको भाषामा भन्दा फाष्टिङ र योग साधनाले धेरै खुसी हुनुहुन्छ ।

त्यसैले शिवरात्रिको यो पावन अवसरमा मभित्र, तपाईँभित्र, यो चराचर जगतमा भएको यावत जीवित, निर्जिवित पदार्थभित्र अन्तरनिहीन शिवतत्वको खोजी गर्ने, एक अर्कोमा भएको शिवशक्ति एकाकार गरी आदि योगी योगेश्वर महादेवको सम्झना गरौं ।

करचरण कृतं वाक्कायजं कर्मजं वा ।

श्रवणनयनजं वामानसंवापराधं ।

विहितम विहितं वा सर्वमेतत्क्षमस्व ।

जय जय करुणाब्धे श्रीमहादेवशम्भो ।।

अर्थात् हे भगवान् शिव, तपाईँ दया र करुणाको खानी हुनुहुन्छ । मेरा हात, खुट्टा, आँखा, कान अथवा दिमागबाट पैदा भएका र जान अन्जानमा भएका गलत कर्म जे जति छन्, क्षमा गरिदिनुस् ।

भगवान् छन् कि छैनन् मलाई एकिन छैन । भगवान् नै छैनन् भने बेग्लै कुरा भयो । भगवान् छन् भने चाहिँ हामी सबैमा भएको देवादिदेव महादेवबाट निसृतः शिवशक्तिको पहिचान गरौँ । शिवको प्यारो शिवरात्री आत्मचिन्तन, आत्मशुद्धीको अनुभूत गर्ने अवसर हो । यौगिक परम्परामा शिवलाई कुनै भगवान्‌को रूपमा पूजा गरिँदैन रे ! त्यसैले शिव धामहरूमा शिवभक्ति श्रवण गर्न जाऔं । सके व्रत अनुष्ठान, योग साधना गरौं, नसके हरहर महादेव भन्दै सामूहिक रूपमा शिवको सम्झना गरौं । शिवको शक्तिबाट भोग र मोक्ष दुवैको प्राप्ति हुन्छ ।

जय श्री शम्भो भोलेनाथ ।।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *