हेटौँडा । इङ्लिस प्रिमियर लिगको आइतबार राती सम्पन्न खेलमा विजयी बन्दै लिग लिडर लिभरपुलले यो सिजन उपाधि जित्ने बलियो आधार निर्माण गरेको छ ।
डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीलाई उसकै घर अर्थात् इत्तिहाद रंगशालामा पराजित गर्दै लिभरपुलले दोस्रो स्थानको आर्सनलसँगको अङ्क दुरी ११ बनाएको छ ।
इत्तिहादमा सिटीलाई पराजित गर्न महोमद सलाह र डोमोनिकले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो ।
सलाहले खेलको १४ औँ मिनेटमा टिमलाई पहिलो अग्रता दिलाएका थिए । डोमोनेकको असिस्टमा सलाहको गोल सम्भव भयो । दोस्रो गोल ३७ औँ मिनेटमा डोमोनिकले गोल गर्दै टिमलाई जित दिलाए ।
जितपछि २७ खेलबाट ६४ अङ्क सहित लिभरपुल पहिलो स्थानमा रहँदा पराजित सिटी भने २६ खेलबाट ४४ अङ्क सहित चौथो स्थानमा यथावत् छ ।

Leave a Reply