हेटौँडा। स्पेनिस ला-लिगा अन्तरगत शनिवार रति भएको खेलहरूमा पहिलो स्थानको बार्सिलोना र दोस्रो स्थानको एट्लेटिको मड्रिडले जित निकाल्दै आफूलाई उपाधि दौडमा कायम नै राखेका छन् ।
बार्सिलोनाले लस पाल्मसलाई २-० ले पराजित गर्दा एट्लेटिकोले भ्यालेन्सियालाई ३-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा दोस्रो हाफको ६६ औँ मिनेटमा ओल्मो र इन्ज्युरी समयको पाँचौँ मिनेटमा टोरेसले गोल गरेका हुन् ।
जित पछि २५ खेलबाट ५४ अङ्क सहित बार्सिलोना पहिलो स्थानमा रहँदा समान खेलबाट ५३ अङ्क सहित एट्लेटिको दोस्रो स्थानमा छ । एक खेल कम खेलेको रियल मड्रिड भने ५१ अङ्क सहित तेस्रो स्थानमा छ ।

Leave a Reply