११ करोड रकम नपाएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले रोक्यो बीमाको सेवा

रुपन्देही । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिमाको रकम नेपाल सरकारले समयमा भुक्तानी नगरेका कारण सेवा दिन नसक्ने बताएको छ ।

प्रतिष्ठानले आज एक विज्ञप्ती निकालेर सो कुराको जानकारी गराएको हो । ११ करोडभन्दा बढी बिमा रकम भुक्तानी हुन बाँकी भएकाले फागुन १८ गतेदेखि बिमा अन्तर्गत औषधि वितरण गर्न नसक्ने जनाएको छ ।

प्रतिष्ठानले बिमा गरेका बिरामीलाई ३ महिना औषधि दिन नसकिने १ हप्ताको औषधि मात्र दिन सकिने जनाएको छ । साथै प्रयोगशाला र रेडियोलोजी जाचँहरु पनि स्थगित गर्ने निर्णय गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *