काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनमा आफूले सम्बोधन गर्दा प्रधानमन्त्री केपी शर्मा ओली र सबैभन्दा ठूलो दलको नेता शेरबहादुर देउवा उपस्थित नभएकोप्रति असन्तुष्टि जनाएका छन् ।
प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्न संसदको रोष्ट्रमबाट पुग्नासाथ ओली र देउवालाई खोजे । उनले सदनमा प्रमुख प्रतिपक्षी दलको नेताले बोल्दा प्रधानमन्त्री उपस्थित हुने प्रचलन रहेको बताए ।
प्रचण्डले खोज्दै गर्दा कांग्रेस सभापति देउवा भने बैठकमा आइपुगेका छन् ।

Leave a Reply