समाजवादी मोर्चाले चैत २४ गते काठमाडौंमा बृहत् आमसभा गर्ने

काठमाडौं । समाजवादी मोर्चाले चैत २४ गते काठमाडौंमा बृहत् आमसभा गर्ने निर्णय गरेको छ ।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले काठमाडौंमा बृहत् आमसभा गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्माले बताए ।

बैठकले देशका सात वटै प्रदेशमा विचार सभा गर्ने, बाँकी रहेका जिल्लाहरुमा पनि मोर्चा गठन गर्ने निर्णय गरेको उनले बताए ।

चैत पहिलो साता मधेश प्रदेशमा हुने सभाको तयारी नेसपालाई गर्न दिने निर्णय भएको पनि नेता विश्वकर्माले बताए ।

Comments

One response to “समाजवादी मोर्चाले चैत २४ गते काठमाडौंमा बृहत् आमसभा गर्ने”

  1. ksp pyl Avatar
    ksp pyl

    यी विदेशीका भाडाका टट्टुहरूलाई अहिले वेला न कुवेला किन आमसभा गर्नुपरेको ? प्रचढ्डलाई दिल्लीले आदेश दिन्छ । अनि अरू पनि खान पाईन्छ कि भनेर प्रचण्डको पछि लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *