एमालेको विश्वास- संसदलाई परिणाममुखी बनाउन सत्ता र प्रतिपक्ष दल एक ठाउँमा हुन्छौँ (भिडिओ)

काठमाडौं । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौँलाले अध्यादेश ल्याउन पाउने सरकारको संवैधानिक अधिकार भएको बताएका छन्।

सभामुख देवराज घिमिरेले राखेको ठूला दलका प्रमुख सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आगामी अधिवेशन परिणाममुखी बनाउन बनाउन सत्ता र प्रतिपक्ष दल एक ठाउँमा रहेको दाबी गरे।

उनले भने, ‘आगामी अधिवेशनमा परिणाममुखी बनाउनुपर्छ भन्नेमा केन्द्रित छौँ। सांसदलाई कानून निर्माणमा र राष्ट्रिय नीतिहरूमा बहस पैरवी गर्ने थलो बनाउनुपर्छ भन्नेमा हामी सत्ता र प्रतिपक्षी एक ठाउँमा छौँ।’

उनले अध्यादेशमा विपक्षीहरूले आफ्नो कुरा राख्न पाउने छुट भएको बताए।

उनले भने, ‘अध्यादेश भनेको सरकारको संवैधानिक अधिकारको कुरा हो। उहाँहरूले आफ्नो हिसाबले राख्न छुट छ। अहिले हामी सांसदलाई व्यवस्थित गर्ने भन्नेमा छौँ। उहाँहरूको प्रश्न र खबरदारी गर्ने कुरा उहाँहरूको हो। सांसदलाई रचनात्मक र प्रभावकारी बनाउनुपर्छ भन्नेमा एक ठाउँमा छौँ। सरकारबाट बिजनेसको कुनै कमी हुँदैन। हामी संसदको प्रभावकारीका कायम बनाउनुपर्छ भन्नेमा केन्द्रित छौँ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *