कांग्रेसले ‘नेपालमा वैदेशिक सहयोगको अर्थराजनीति’ विषयमा गोष्ठी गर्ने

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले नेपालमा वैदेशिक सहयोगको अर्थराजनीति विषयमा संवाद गोष्ठी गर्ने भएको छ ।

सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा बुधबार वैदेशिक सहयोगको अर्थराजनीतिबारे छलफल गर्न लागिएको केन्द्रीय सदस्य तथा आर्थिक नीति तथा योजना विभागका प्रमुख डा. गोविन्दराज पोखरेलले बताए ।

उनका अनुसार कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसो १२:३० बजे सुरू हुनेछ ।

संवाद गोष्ठीमा डा. डिल्लिराज खनाल, डा. मीनबहादुर श्रेष्ठ, रामेश्वर खनाल, प्रा. डा सञ्जय आचार्य, डा. ईन्द्र अधिकारी र सेमन्त दाहाल वक्ता रहने उनले बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *