काठमाडौं । आजबाट कार्यकाल सकिएर बिदा हुने तरखरमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो युक्रेन भ्रमणको बारेमा खुलासा गरेका छन् ।
अमेरिकी मिडिया एमएसएनबीसी च्यानलसँग बोल्दै बाइडेनले आफू युक्रेन जानुमा डर भएकोले सार्वजनिक नगरीकन सुटुक्क गएको बताएका छन् ।
अमेरिकी गुप्तचर, सुरक्षा निकायबोहक अन्त कुनै जानकारी नदिईकन बाइडेन युक्रेनमा सन २०२३ फेब्रुअरी २० मा पुगेका थिए ।
उनी वासिङटन डिसीबाट पोल्यान्ड आएर त्यहाँबाट १० घण्टाको रेल यात्रामा युक्रेन आएका थिए ।
आफू युक्रेन जानुको एक कारणबारेमा बाइडेनले भनेका छन्, ‘सबैले मलाई सुरक्षाको कारण देखाएर युक्रेन नजान भनिरहेका थिए । तर, अमेरिकी राष्ट्रपति मार्ने आँट पुटिनले नगर्लान् भनेर युक्रेन गएँ ।’
बाइडेनले आफूलाई पुटिनसँग नभएर पुटिनबाट परिचारित अतिवादी युक्रेनीबाट हत्या हुने डर भएकोले गुपचुप भ्रमण गरेको बताएको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।
आरटीका अनुसार बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभेनले भने बाइडेनको युक्रेन यात्राबारेमा केहि घण्टा अगाडी रुसलाई जानकारी गराइएको खुलाएका थिए ।

Leave a Reply