दिनेश त्रिपाठीमाथि कुटपिटको विरोधमा कालोपट्टी बाँधेर वकिलहरूको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको विरोधमा कानून व्यवसायीहरूले आज कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् ।

सर्वोच्च अदालत बार एशोसिएशनको आव्हानमा बारका सदस्यले हातमा कालोपट्टी बाँधेर विरोध जनाएका हुन् ।

उनीहरूले त्रिपाठीमाथिको आक्रमणको विरोध र कानून व्यवसायीको सुरक्षाको सुनिश्चितता हुनुपर्ने माग राखेका छन् । आन्दोलनमा वरिष्ठ अधिवक्ताहरू रमश श्रेष्ठ, शम्भु थापालगायतका बारका पदाधिकारी र सदस्य पुगेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *