सिन्धुपाल्चाेक । ट्रकको ठक्करबाट मोटरसाइकल चालकको जलेर मृत्यु भएको छ ।
दोलखाबाट काठमाडौं जाँदै गरेको मालबाहक ट्र्कले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई लामोसाँघु जिरी सडक खण्ड को ८ किलो नजिक ठक्कर दिएको थियो ।
मधेश प्रदेश ०३-००२ ख ०५३४ नम्बरकाे ट्रकले बागमती प्रदेश ०२-०३३ प ७३०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकलमा आगलागी भएको थियो । मोटरसाइकलमा लागेकाे आगाेमा परी चालकको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply