रविलाई अदालतले हिरासत पठाएपछि प्रधानमन्त्री ओलीविरुद्ध रास्वपा कार्यकर्ताको उत्तेजक नाराबाजी (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हिरासतमा पठाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध रास्वपा कार्यकर्ताको उत्तेजक नाराबाजी गरेका छन्।


आज थुनछेक बहस नसकिएपछि न्यायाधीशले प्रहरी हिरासतमा पठाउने आदेश दिएपछि रास्वपा समर्थकले काठमाडौं जिल्ला अदालत बाहिर प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गरेका हुन् ।

अब भोलि सरकारी बिदा रहेका कारण अदालत नखुल्ने भएकाले पर्सिमात्रै बाँकी थुनछेक बहस हुनेछ। आज थुनछेक बहसका क्रममा बोल्दै रविले आफू पोखराबाट आएर अदालतमा हाजिर भएको उल्लेख गर्दै फेरि घर पठाइदिन आग्रह गरेका थिए ।

सहकारी ठगी प्रकरणमा लामिछानेलाई प्रहरीले पक्राउ गरेपछि रास्वपाका नेता कार्यकर्ता सरकारले प्रतिशोध राखेको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध खनिँदै आएका छन् ।

Comments

3 responses to “रविलाई अदालतले हिरासत पठाएपछि प्रधानमन्त्री ओलीविरुद्ध रास्वपा कार्यकर्ताको उत्तेजक नाराबाजी (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    अदालतले आफ्नो विधि प्रक्रिया अनुसार थुनछेकको बहस नसकिएकोले हिरासतमा पठाएको विषयलाई ओलिसँग किन जोडेको ? ओलिसँग जोडने यी कसका दलाल, भरौटेहरू हुन् ? यी केही थाहा नपाएका बज्रस्वाँठहरूले देशको विकास गर्छन ? कतै यी प्रचण्डका भरौटेहरू त होईनन् ?

  2. manoj bohara Avatar
    manoj bohara

    Kasali lai 1 din mai chodi deny… ani koi lai yesto garney…? hami koi kasai ko bharautey hoina, sadharan janata ho. aadalat sabai ko laagoi eutai hunu parxa.

  3. shojhoketo Avatar

    गृह मन्त्री कांग्रेसका छन् , गगन थापा र रविका बिच मुख्य बैमनुष्य देखिन्छ , देेउवा र आरजुकै बिशेष पहलमा बर्तमान गठबन्धन बनेको घाम जत्तिकै छर्लङ्ग छ , अहिले माओवादी नेता प्रचण्डको प्रमुख टार्जेटमा एमाले र त्यसका नेता ओलि देखिएको पनि प्रष्टै छ र यो सरकार ढालेर एमालेलाई पन्छाइ माओवादी सम्मिलित सरकार बनाउन कांग्रेससंग दुरी बढाउन नहुने र रास्वपाको सहयोग पनि अनिवार्य रहेको संसदिय समिकरणको गणित छ । त्यसैले जसले जे निर्णय गरे पनि ओलि बिरुध्द नै माओवादी तथा रास्वपा चर्को गरि उत्रिनुमा कसको बढी हात छ त्यो पनि छ्याङ्गै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *