बाढीपहिरोले पुर्‍याएको क्षतिको स्थलगत अनुगमन गर्न सरकारसँग सांसद तामाङको माग (भिडिओ)

काठमाडौं । एमाले सांसद तारा लामा तामाङले असोज अन्तिम साताको बाढीपहिरोले पुर्‍याएको क्षतिको स्थलगत अनुगमन गर्न सरकारसँग माग गरेका छन् ।

 

प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद तामाङले भदौ २७ देखि २९ सम्म पश्चिम केन्द्रित वर्षाका कारण कैलाली, कञ्चनपुर, डोटी र डडेल्धुरामा ८ जनाको ज्यान गएको जानकारी दिए ।

‘मृतकका परिवार र बाढीपहिरो पीडितलाई उचित क्षतिपूर्तिको माग गर्दछु’, कञ्चनपुरबाट प्रतिनिधित्व गर्ने सांसद तामाङले भने ।

तामाङले कञ्चनपुरमा दोदा, चौधर र महाकाली नदीको बाढीले हजारौं विघा धानखेती बगरमा परिणत भएको सदनलाई जानकारी गराए ।

‘असोजको पहिलो साता जहिल्यै बाढीले क्षति गर्छ, यसपटक अगाडि नै बाढी आएको छ’, उनले भने ।

धनगढीदेखि पुनर्वास, बेलौरी जोड्ने सडक स्थलमार्गको कनेक्सन वर्षाको बेला टुट्ने गरेको उनले सदनलाई जानकारी गराए।

‘महाकाली नदीले तटबन्ध भत्काएको छ, हजारौं बिघाको धान बगरमा परिणत भएको छ’, सांसद तामाङले भने, ‘आरक्ष पीडित दोहोरो मारमा पर्नुभएको छ । जनता डेलिगेसन लिएर काठमाडौं आउन खोजेका छन् । विभागीय मन्त्रीज्यूलाई स्थलगत अनुगमनका लाग अनुरोध गरेको छ । उचित क्षतिपूर्तिको माग गर्दछु ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *