मध्यरातको सहमतिको नियतमै प्रश्न छ, संविधान संशोधन गर्ने भए खुला बहस गरौं : माधव नेपाल (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कांग्रेस र एमालेबीच मध्यरातमा भएको सहमति स्वीकार्य नहुने बताएका छन् । कांग्रेस नेता प्रदीप गिरीको दोस्रो स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै संविधान संशोधन गर्ने भए खुला बहस गर्न चुनौती दिए ।

उनले भने, ‘निर्वाचन प्रणाली र शासन व्यवस्थाको विषयमा कुरा उठाइरहेका छन्, यो देशलाई अगाडि बढाउनेछ भने हामीले बहस र छलफल गर्नुपर्छ । कम्युनिष्टहरुमा बुद्धि छैन, अहंकार ज्यादा चेतपछि आउँदो रहेछ ।’

जनता र देशका निम्ति समर्पित भएर अघि बढ्नुपर्ने बताए ।

उनले थपे, ‘तर मध्यरातमा गएर दुईवटा नेताले कागजमा सही गरेर हुनसक्नेवाला छैन । त्यो गर्नुपर्ने हो भने खुला बहस गरौँ । अहिले बहसको कुरा नल्याउने, अचानक मध्यरातमा हस्ताक्षर गर्नाले नियतमाथि प्रश्न उठेको छ । त्यही कुरा मैलै उठाइरहेको छु ।’

 

 

Comments

2 responses to “मध्यरातको सहमतिको नियतमै प्रश्न छ, संविधान संशोधन गर्ने भए खुला बहस गरौं : माधव नेपाल (भिडिओ)”

  1. RA Avatar
    RA

    lol 😂

  2. bharat kumar thapa Avatar

    माधवकुमार नेपाल एमाले पार्टी सदस्यहरू का अपराधी नेता थिए र अहिले त्यसैको कुण्ठा बोलेका हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *