प्रधानमन्त्री प्रचण्ड भेट्न माधव-झलनाथ बालुवाटारमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाल बालुवाटार पुगेका छन्।

प्रधानमन्त्री र नेकपा एसका दुई शीर्ष नेताहरुबीचको छलफल अहिले जारी छ।

कांग्रेस र एमाले मिलेर सरकार बनाउने सहमति गरेपछि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ। प्रधानमन्त्रीले शुक्रवार सदनमा विश्वासको मत लिँदैछन्।

आज बसेको माओवादी संसदीय दलको बैठकले विश्वासको मतका लागि सबै दलसँग कुरा गर्ने निर्णय गरेको थियो। अहिले प्रधानमन्त्री प्रचण्डलाई रास्वपा र नेकपा एसको मात्रै साथ छ।

Comments

2 responses to “प्रधानमन्त्री प्रचण्ड भेट्न माधव-झलनाथ बालुवाटारमा”

  1. Ram Simkhada Avatar
    Ram Simkhada

    पुगिगो त ३२+२१+१०, ६३ भए पछी कति लोभ गर्या भन्या ?? बिश्वासको लागी नपुगेको जन्मा ७५ न हो !

  2. bharat kumar thapa Avatar

    देशामा अस्थिरता का जननी हुन झलनाथ प्रचण्ड माधवकुमार

Leave a Reply

Your email address will not be published. Required fields are marked *