दुई बलिया छिमेकी देश प्रतिस्पर्धा गर्छन्, हामी बीचमा पस्न हुँदैन : ओली (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने खोज्ने एमालेलाई ध्वस्त बनाउने प्रयास भइरहेको बताएका छन्।

मदन भण्डारी फाउन्डेसनको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय र गैर राष्ट्रिय शक्तिबीच प्रतिस्पर्धाको राजनीति चलिरहेको बताए।

उनले भने, ‘अहिले हामी राष्ट्रिय शक्तिलाई निर्णायक ठाउँमा पुर्‍याउने अवस्थामा पुगेका छौँ। हामी शक्ति सन्तुलनको स्थिति सधैँ यस्तै रहन सक्दैन। जबजले दक्षिणपन्थी शक्तिहरूलाई अगाडि जाने भन्दा राष्ट्रिय शक्तिलाई अगाडि बढाउने कुरामा सहज बनाउँछ। त्यसैले हामीले जबज भनेका हौं।’

उनले हाम्रो दुईतिर भिन्न-भिन्न राजनीतिक, आर्थिक सामाजिक सांस्कृतिक फरक प्रणालीका बलिया देश रहेको उल्लेख गरे।

उनले भने, ‘ठूला र बलिया देशका प्रतिस्पर्धाका बीचमा हामी पस्नै हुँदैन। अरूको प्रतिस्पर्धाको बीचमा। बलियाले प्रतिस्पर्धा गर्छन्। ग्लोबल कम्पिटिसनको म्याराथनमा हामी छैनौँ। हामी इकोनोमिक डेभलप्मेन्टको म्याराथनमा पनि छैनौँ। तर हामीलाई निर्विवाद शान्ति चाहिन्छ। कसैको प्रतिस्पर्धाले हामीलाई घच्चपच्च हुनुभएन। अरूको टकराबको झिल्काले हाम्रो घर डढ्नुभएन नि। हाम्रो छानामा ती झिल्का आउनुभएन। यहाँनेर हामी भूराजनीतिलाई हेर्छौँ। भूराजनीति हाम्रो देशको राष्ट्रिय स्वार्थ कमजोर बनाउन होइन, आन्तरिक रूपमा हामी बेतुकको बहसमा अल्झिन चाहँदैनौँ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *