ओलीले समाजवादी युगमा जबजलाई मार्गदर्शक सिद्धान्त मान्नु लज्जास्पद : झलनाथ (भिडिओ)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी क्रान्तिको युगमा पनि एमालेले मार्गदर्शक सिद्धान्त जबज भनेर हिँड्नु लज्जास्पद भएको टिप्पणी गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित ‘नेपालमा समाजवादी क्रान्ति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले एमालेले मार्क्सवाद, लेनिनवादभन्दा पहिला जबज लेखेर आजको समाजवादी क्रान्तिको युगमा लाजमर्दो काम गरेको जिकिर गरेका हुन् ।

समाजवादका कुरा गर्नेहरूले त्यसको वैचारिक र सैद्धान्तिक चुनौतीहरूलाई पहिचान गरेर अघि बढ्नुपर्ने आवश्यकता खनालले औंल्याए । सम्मानित नेता खनालले एमाले अध्यक्ष केपी ओलीलाई बुर्जुवा विचारले अधोपतनतिर रूपान्तरण गरिदिएको दाबी गरे ।

उनले भने, ‘बुर्जुवा विचारहरू कम्युनिष्ट पार्टीमा पलपलमा छिरिरहेका छन् । अनि हामीले वैचारिक संघर्ष गरेनौ भने हामीलाई नै तिनीहरूले रुपान्तरण गरिदिन्छन् । नेताहरूलाई नै रूपान्तर गरिदिन्छन । केपी ओलीमा आएको यो अधोपतन रूपान्तरण हो कि होइन ? अधोपतन हो कि होइन ? त्यो अधोपतन हो नि । १४ वर्ष जेल बसेका मान्छे । अहिले समाजवादी क्रान्तिको युगमा जबज हाम्रो मार्गदर्शक सिद्धान्त हो भनेर हिँडिरहेका छन् । लज्जास्पद कुरा हो । लाजमर्दो कुरा हो ।’

सम्मानित नेता खनालले एमालेसँगको भिन्नतालाई स्पष्ट पारेर मात्रै पार्टीलाई अघि बढाउन सकिने पनि बताए ।

Comments

2 responses to “ओलीले समाजवादी युगमा जबजलाई मार्गदर्शक सिद्धान्त मान्नु लज्जास्पद : झलनाथ (भिडिओ)”

  1. bharat kumar thapa Avatar

    अब आफ्नो बाटो लागे हुन्छ तपाईंहरू जस्ता कांग्रेसका भरौटेहरूलाई एमालेको समाजवाद या जवज किन चाहियो कांग्रेसको कम्युनिस्ट को नाममा कांग्रेससँग भोट साट्ने भाग शान्ति जय नेपाल गर्ने

  2. ksp pyl Avatar
    ksp pyl

    यिनको मुख्य सिद्वान्त दलाली गरेर कमाउने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *