सामाजिक सञ्जाल हेरिरहेकै बेला केही दिनअघि संसद् सचिवालयको युट्युब पेजमा लाइक भएको एउटा दृश्यमा मेरा आँखा पुगे । संसद्मा विशेष समय लिएर विद्वान कहलिएका कांग्रेसका नेता प्रदीप गिरी बोल्दै हुनुहुँदो रहेछ । गिरीले लोकतन्त्र, संवैधानिक व्यवस्था संकटमा परेको, मुलुक बर्बाद भएको अब ‘समस्या समाधान’ गर्न सर्वदलीय सरकार गठन गरी ‘संविधानको रक्षा’ गर्नुपर्ने वताउनुभयो । गिरीजीका कुरा सुन्दा मलाई भने गिरीजस्तै विद्वान कहलिएका नेतालाई मूर्ख बनाएर राजनीतिमा समाधानलाई समस्याको कृत्रिम परिवेश सिर्जना गरिन्छ र नागरीकले सुख पाउने पूर्वाधारहरु निर्माणलाई ‘समस्या’का रुपमा अथ्र्याएर सिद्धान्तको निस्तो पैरवीलाई समाधान भन्दै समाजलाई दिग्भ्रममा राखिन्छ ।
यसै पनि हाम्रो समाज प्रतिक्रियाहरुका पछाडि उद्वेलित भएर दौडिरहेको हुन्छ । कुन तथ्यमा टेकेर वक्ता बोलिरहेको छ, उसको वकालतले के परिणाम खोजिरहेको छ समाज त्यति मतलव गर्दैन ।
प्रदीप गिरीहरु कतिबेला मुलुक गम्भीर संकटको भुमरीमा फसिरहेको वताइरहनु भएको छ भने जतिबेला २८ वर्षदेखि रोकिएको मेलम्ची खानेपानी काठमाडौं उपत्यकाका जनताको घरघरका धारामा झर्न थालेको छ र काकाकुल काठमाडौंका जनता कञ्चन पानी घरघरमा थाप्दैछन् ।
भूकम्पपछि पालमा टाउको लुकाउन वाध्य सात लाख घरपरिवार घर बनाएर घरभित्र बस्न थालेका छन् । मेचीदेखि कालीसम्म जोड्ने सडकहरु फराकिला र खाल्डारहित हुन थालेका छन्, ठूलादेखि साना रंगशालाहरु बनेर मान्छेले सुविधा लिन थालेका छन्, सुरुङमार्ग बन्न थाल्यो, कमिला ओहोरदोहोर गरिरहेको रानीपोखरी चित्ताकर्षक देखिएको छ । हरेक स्थानीय तहमा एक–एकवटा आधारभूत अस्पतालहरु निर्माण थालिए, प्रदेशहरुमा सुविधासम्पन्न अस्पताल र औद्योगिक क्षेत्रहरु निर्माण सुरु भए । यतिबेला प्रदीप गिरिहरुलाई मुलुक अंध्यारो सुरुङ भित्र छिरेको अनुभूति भएको छ । अर्थात् उहाँका निस्ता सैद्धान्तिक बहसहरुमा यी मुलुकका समस्या हुन् ।
अव उहाँले दिनु भएको समाधान के त ? राजनीतिक दलको शीर्ष तहमा रहेका नेताहरुको स्वार्थहरुबीच लेनदेन मिल्नु समाधान हो । कसैलाई कार्यकारी प्रमूखको कुर्सीबाट झार्नु र कसैलाई चढाउनु समाधान हो ।
तीन करोड भन्दा बढी नेपाली नागरिकले शीर्ष नेता मिली आ-आफ्नो स्वार्थ अनुसार बाँडफाँड मिलाएर खाएको देख्न पाउनु समाधान हो । तर, के हामीले यस्ता समाधान दशकौंदेखि देख्दै भोग्दै आएका होइनौं र ?
जबर्जस्त थोपरिएको न्यारेटिभको एउटै सरोकार के हो भने सधैं जनताको अधिकारको फोस्रो पैरवी गरेर जनतालाई नै कङ्गाल बनाउने र गरिवीमाथि कुरौटे राजनीति फस्टाउने प्रवृत्तिलाई हालका प्रधानमन्त्री केपी ओलीको दृढ कार्यान्वयनले रसातल पुर्याइदियो ।
मिडियाहरुमा अहिले चल्तीमा रहेकै विद्वानहरुले त्यस्तै समाधानलाई प्राथमिकता दिएर लेखेका लेख र समाचार समाचार पढ्दै तिमी मिलेकोमा हामी खुसी छौं भन्दै आएका होइनौं र ? त्यस्तै समाधानले प्राथमिकता पाउनुपर्ने न्यारेटिभले जनताको जीवनमा प्रभाव पार्ने विकास निर्माणका काम ठप्प भएका होइनन् र ?
हो, निस्तो राजनीतिक गफ दिने विद्वानहरुले ‘काले-काले मिलेर खाउँ भाले’ टाइपको निकासलाई समाधान मान्नु परेकैले हाम्रो दुःख गहिरियो । अनि हामी सत्ता कसले उछिट्यायो, कसले कसलाई लात हान्यो, कसलाई सत्ताको भागमा अन्याय प¥यो भन्ने भाष्यमाथि आफ्नो सम्पूर्ण वौद्धिकता खर्च गर्न थाल्यौं ।
अनि प्रदीप गिरीजीहरुले ‘संविधान रक्षा गर्न’ दिनु भएको विकल्प चाहिँ के रे भने संविधानमै नभएको ‘सर्वदलीय सहमतिको सरकार’ । जनताले मतदानद्वारा नयाँ संसद् चुन्ने हो भने त्यो प्रतिगमन हुन्छ रे, संविधानले कल्पना नगरेको सर्वदलीय सरकार गठन गरे संविधान रक्षा हुन्छ रे । भोलि जनताको जीवनमा ठूला परिवर्तन ल्याउने पूर्वाधार बनाउँदा देश अन्धकारमा जान्छ रे, देशको उज्यालो भनेको सधैं राजनीतिक सिद्धान्तका निस्ता बहसहरु मात्र हुन् रे ।
यसरी जबर्जस्त थोपरिएको न्यारेटिभको एउटै सरोकार के हो भने सधैं जनताको अधिकारको फोस्रो पैरवी गरेर जनतालाई नै कङ्गाल बनाउने र गरिवीमाथि कुरौटे राजनीति फस्टाउने प्रवृत्तिलाई हालका प्रधानमन्त्री केपी ओलीको दृढ कार्यान्वयनले रसातल पुर्याइदियो ।
सम्पादकका कुण्ठा, पाठकलाई थोपर्ने ?
शास्त्रको व्याख्यान नै जीवनको परिवर्तन हो भन्दै फोस्रा कुरामा जनता अल्मल्याउने यस्ता बौद्धिक र कामचोर राजनीतिज्ञको साझा दुश्मन नै प्रधानमन्त्री केपी ओली हुन पुगे । आफूले वाचन गरेको लिखित वक्तव्यको अर्थ के हो भन्नेसम्म थाहा नपाउने प्रधानमन्त्रीहरुका सामु महाविद्वान पल्टिन पाएका सम्पादकजीहरुको दुःख अर्कै छ, प्रधानमन्त्री ओली हरेक कुरामा शास्त्रार्थ गर्नुहुन्छ र उनीहरुको वौद्धिक दिवालियापनलाई नाङ्गेझार पार्नुहुन्छ ।
त्यसैले यी सबै पक्षलाई देश जनताको जीवनमा आउने परिवर्तनको कुन दिशामा छ मतलव हुँदैन । यिनीहरुको औंल्याउने समाधान भनेको केपी ओलीको ठाउँमा संवेदनाहीन प्रधानमन्त्री ल्याउनु हो र यिनीहरुले संविधानको रक्षा गर्नु भनेको संविधानले परिकल्पना नै नगरेको सरकार बनाउनु हो ।
जनताको धारामा पानी आउनु, बजारसम्म मालसामना लैजाने सडक बन्नु, गाउँगाउँमा अस्पताल बन्नु, स्कूलहरु बन्नु, भूकम्प र हुरीले घर भत्काएका जनताले घर पाउनु त यिनका लागि देश अंध्यारो सुरुङमा छिर्नु हो ।
अरुलाई सच्याउन हिँड्ने मिडिया आफू सच्चिनु पर्दैन ? समृद्ध देश यसरी बन्दैन भनेर नेतालाई सिकाउने मिडियाले पस्किएको कुण्ठाले देश समृद्ध बन्छ हो ? यो प्रश्न मिडियाका दाई सम्पादकहरुलाई ।
प्रदीप गिरिजीको भाषण शैलीमा जुन मायावी आकर्षण छ, निस्ता सिद्धान्तहरुको भूमिमा गरिवी फूलाउने र त्यसैलाई राजनीतिक लाभ आर्जन गर्ने पसल बनाउने त्यो भन्दा हानीकारक र विषालु नियत छ ।
प्रदीप गिरी प्रतिनिधिपात्र हुन् । मिडियाका सदावहार स्तम्भकार, दशकौंदेखि सम्पादक पदमा रहेर वौद्धिकता छाँटिरहेका मूलधारे मिडियाका केही सम्पादकहरुले अहिले देश संकटमा फसेको निरन्तर ललहरी विलहरी गाइरहेका छन् ।
उनीहरुको ललहरी विलहरी त्यही जनताका सवाल बिर्स, पहिलेकोजस्तै स्वार्थको बाँडफाँट गरेर मिलाएर खाउ, हामी मिलाएर उपलब्धिको चर्चा लेखिदिन्छौं, केही हिस्सा हामीलाई देउ भन्ने भा’को छ । के यो देश बनाउने कुरा हो ?
अझ मिडियामा त उस्तै एउटा विषयमा हर्सोल्लास र अर्को विषय खत्तम भयो भनेर लेखिन्छ । उस्तै घटना या आफ्नो कुण्ठा मिल्ने समुहको त्यही समाचार उल्कै भयो नि भनेर हामीलाई पढाइन्छ ।
त्यसो त त्यस्ता समाचार मुलधारे मिडियाले पाठकलाई दैनिक कोच्याउँछ । केही त्यसका केही दृष्टान्त राख्न उचित ठानेँ । हालैमात्र संजालमा बहस भएको एउटा अनलाइनको समाचार हेरौं है । पहिलो एमालेका फ्लोर-क्रस गर्ने नेताको बारेको समाचारमा यी हुन् एमालेका गेम चेञ्जर सांसद् जसले फ्लोर-क्रस गरे, अनि जसपाका नेता मन्त्री बन्न लागेको सूचनामा उहाँको समाचार छ लुम्बिनीमा जसपाको नौटंकीले काठमाडौंमा तरंग ।
अघिल्लो फ्लोर-क्रस गेम चेञ्ज लाग्यो उहाँलाई । अनि अर्को फ्लोर-क्रस नौटंकी । यो सूचना नभएर उहाँहरुका कुण्ठा जबरजस्त कोच्याइएको अपराध नै हो । केही दिनघि अदालतले गरेको फैसलामा एउटामा अहंकारको अवसान भएको भन्दै हर्सोल्लास, अदालतको जयजयकार गर्दै विशेष सम्पादकीय र अर्कोमा अदालत विकेको भन्दै सामाचार मै रुवाबासी पनि हेर्नुभयो होला ।
अनि संजालमै आएको अर्को समाचार हो अर्को त्यस्तै अनलाइनले छापेको अबको दश वर्षमा पनि बन्दैन धरहरा भन्ने शीर्षकको समाचार । लिङ्क हटाउनु भएको छैन भने यी समाचार तपाईहरु उहाँहरुको साइटमै छिरेर हेर्न सक्नुहुन्छ ।
यसरी मिडियाबाट अहिले सूचनाको नाममा पाठकलाई कुण्ठा कोच्याइन्छ । खाए खा नखाए घिचको अवस्थामा अहिले पाठक मिडियाका भित्तामा आँखा डुलाउन बाध्य छन् । के यही हो समाजमा मिडियाको भूमिका ?
अरुलाई सच्याउन हिँड्ने मिडिया आफू सच्चिनु पर्दैन ? समृद्ध देश यसरी बन्दैन भनेर नेतालाई सिकाउने मिडियाले पस्किएको कुण्ठाले देश समृद्ध बन्छ हो ? यो प्रश्न मिडियाका दाई सम्पादकहरुलाई ।
एकोहोरो शंख फुकाइ
कुण्ठा पस्किने मात्र हो र, बनेको भनेर लेख्ने आँखै बन्द छ उहाँहरुको । मिडियामा देश संकटमा परेको एकोहोरो शंख बजाइरहेका बेला परिदृश्यमा भने यस्तो छः
तत्कालीन राजा महेन्द्रको पालामा महिन्द्र दल बटालियनले २०११ सालमा पोखरादेखि देउरालीको ढुंगागाडेसम्म मोटर बाटो खन्यो । सो बाटो हेर्न अर्को वर्ष राजा महेन्द्र ठूलो टोली लिएर पोखराको सोही ठाउँ पुगे । तर त्यसयता यत्तिका सरकार फेरिँदा ६६ वर्षसम्म पनि कहिल्यै बाटो बनेन ।
१६ किलोमिटर सो सडक अहिले कालोपत्रे भयो । त्यहाँका जनता खुसी भए, तर मिडियामा स्थान पाउने वौद्धिकहरुका नजरमा देश वर्वाद भयो । यो भुकम्प हो र नब्बे सालको भूकम्पले ढलेको गोर्खा दरवार सम्पन्न हुन लाग्यो, धरहरा बन्यो । लौ यो त वर्वाद नै भयो । रंगशाला बन्न तयारी हुन्छ भने सबै खत्तम भएको समाचार बन्छ ।
प्रदीप गिरी स्वयं संसदीय व्यवस्थाका मसिहा हुनुहुन्छ । २०१५ सालमै संसदीय व्यवस्था आयो । ०४६ सालयता फेरी संसदीय व्यवस्था छ । यत्रो वर्षसम्म यो व्यवस्थाको जनक बताउने कांग्रेसले सत्ता चलायो । व्यवस्थाका अरु अवयव त कमजोर बनायो बनायो, यतिका वर्षसम्म एउटा संसद भवन समेत बनाएन ।
आज केपी ओलीले संसदीय व्यवस्था आएको ७० वर्षपछि पहिलो पटक संसद भवन बनाइरहेका छन् । प्रदीप गिरिहरु केही काम गर्दैनन्, काम गर्दा व्यवस्था वर्वाद भयो भन्ने निस्ता भाषण बेच्छन् ।
देशको संकट भनेकै पुष्पकमल दाहाल, माधवकुमार नेपालको पद नपाउनुको संकट वा शेरबहादुर देउवाको संकट हो ? व्यक्तिको स्वार्थलाई यसरी बदनियतसाथ देशको संकटका रुपमा देखाउने वौद्धिक प्रवृत्ति आजको मुख्य समस्या हो । उनीहरुले दिएको समाधान उनीहरुको स्वार्थ हो ।
देशमा सशस्त्र समूहहरुले चलाएका हिंसात्मक गतिविधिहरु निस्तेज भए । विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याइयो । दिनदहाडै नागरिक मारिने उपक्रम रोकियो । चन्दा आतंकले थला परेका उद्योगहरुले त्राण पाए ।
यसैबेला प्रदीप गिरीहरुले देश संकटमा गएको भाष्य तयार गरे । पृथकतावादको झण्डा उठाइरहेको सीके राउत समूहले देश टुक्र्याउने अभियान चलाएको थियो । उसलाई सरकारले पृथकतावादको बाटो त्याग्न लगायो र संवैधानिक राजनीतिमा ल्यायो । मिडियामा स्थान पाउने विचार निर्माताहरुले फेरि एकोहोरो शंख फुके, देश वर्वाद भयो ।
संसारभर फैलिएको कोभिडको महामारीबीच पनि देशका जुन कुनामा गए पनि नवनिर्माण सुरु भएको छ । तुइन हटाएर झोलुङ्गे पुल बनाइएको होस् वा विद्यालय भवन, स्वास्थ्य चौकी होउन् वा ऐतिहासिक सम्पदा, ती सबै यसैबेला रफ्तारमा बनिरहेका छन् ।
राजमार्ग होउन् वा सदरमुकाम जोड्ने सडक, कृषि उत्पादनलाई वजारसम्म पुर्याउने सडक होउन् वा सुनकोसी मरिन डाइभर्सन जस्ता ठूला सिंचाइ परियोजना, यसैबेला निर्माण भइरहेका छन् । यसरी एक दशकमा हुने काम पनि महामारीको संकटबीच एक वर्षमा बनाउनु मामुली कुरा होइनन् ।
भूकम्पले मात्र हैन, माओवादीले भत्काएका ११ सय ८६ गाविस भवन, २५५ स्वास्थ्य केन्द्र, ९२५ वटा विद्यालय, ८३४ सरकारी भवन, २१५ वटा कृषि केन्द्र, ९४७ वटा प्रहरी कार्यालय यसैबीच निर्माण भए । भोलि जनतालाई सुविधा दिलाउने पूर्वाधार यस्तै होइनन् र ? के यी पूर्वाधार बनाउँदा देश संकटमा जान्छ ?
देशको संकट भनेकै पुष्पकमल दाहाल, माधवकुमार नेपालको पद नपाउनुको संकट वा शेरबहादुर देउवाको संकट हो ? व्यक्तिको स्वार्थलाई यसरी बदनियतसाथ देशको संकटका रुपमा देखाउने वौद्धिक प्रवृत्ति आजको मुख्य समस्या हो । उनीहरुले दिएको समाधान उनीहरुको स्वार्थ हो ।
माथिका दृष्टान्तहरुले के वताउँछन् भने मुलधारे मिडियाले प्रवद्र्धन गरेका विचारक, स्तम्भकार, उनीहरुले गरेको एजेण्डा सेटिङको दृष्टिमा प्रधानमन्त्रीको कुर्सीमा शेरबहादुर देउवा वा पुष्पकमल दाहाल हुनु देश समस्या मुक्त हुनु हो । सत्ता भागबण्डाको गोलचक्करबाट मुलुकको ध्यान विकासतिर केन्द्रित गर्नु, थिति बसाल्नु समस्या हो ।
नेपाली सञ्चार जगत प्रपोगान्डाको जगमा उभिएका कारण आज तिनीहरुमाथिको विश्वास मर्दैछ । मिडियाको नेतृत्व अहिले आफ्नै भ्रान्तिको शिकार भएको देखिन्छ, ‘मैले लेखेपछि समाजले हुबहु पत्याउँछ, मैले स्थान दिएको स्तम्भकारको एकोहोरो वकालतलाई स्वीकार गर्छ । तर, समाजमा अभूतपूर्व चेतना देखिन्छ- समस्या तिनीहरुले जे देखाएका छन् त्यो होइन, समस्या तिनीहरुको पूर्वाग्रहसाथ कोच्याएको विचार हो ।

Leave a Reply