लगातार तीन छक्का प्रहार गरेका कुशल २६ रन जोडेर आउट

काठमाडौं। घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधिका लागि नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले पाँचौँ विकेट गुमाएको छ।

कुशल मल्ल २६ रन जोडेर आउट भए। १८ औँ ओभरको पहिलो बलमा उनी क्याच आउट भएका थिए।

त्यसअघि १७ औँ ओभरको लगातार तीन बलमा उनले छक्का प्रहार गरेका थिए। नेपालले १७।१ ओभरमा ५ विकेट गुमाएर एक सय ५८ रन जोडेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *