कञ्चनपुरमा पक्राउ परेका दुई पत्रकारलाई रिहा गर्न माग

कैलाली । कन्चनपुरमा पक्राउ परेका दुई पत्रकारलाई रिहाइ नगरे आन्दोलन गर्ने पत्रकार महासंघ सहित विभिन्न पेसागत संघ संगठनले माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कन्चनपुरले आज नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका सदस्य ऐश्वर्या कुँवर र माउन्टेन टेलिभिजनका कञ्चनपुर समाचारदाता पुष्कर भट्टलाई पक्राउ गरेको थियो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा कन्चनपुरले एक प्रेस विज्ञप्ती जारी गर्दै उनीहरुको रिहाइको माग गरेको हो ।

सचिव राजेन्द्र प्रशाद अवस्थीद्धारा जारी प्रेस विज्ञप्तीमा प्रहरीले विद्युतिय कारोवार ऐन, २०६३ को दफा ४७ को दुरुपयोग गरि ९विद्युतिय कारोवार कसुर० अर्न्तगत मुद्दा चलाई पक्राउ गरिएकोप्रति नेपाल पत्रकार महासंघ कञ्चनपुरको गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।

एउटा प्रयोजनका लागि आएको कानुनको अर्कै प्रयोजनमा प्रयोग गरि पत्रकारलाई पक्राउ गरिएकोले पत्रकारद्वयको तुरुन्त रिहाई गर्न माग गरिएको छ । माग सम्बोधन नगरिएमा नेपाल पत्रकार महासंघ चरणवद्ध आन्दोलनमा जाने ज्ञापन पत्रमा उल्लेख छ ।

प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टरले पनि विज्ञप्ती जारी गर्दै उनीहरुको रिहाईको माग गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *