भूकम्प प्रभावितलाई कांग्रेसले बनाएको सय अस्थायी आवास निर्माण कार्य अन्तिम चरणमा

काठमाडौं । नेपाली कांग्रेसले जाजरकोट भूकम्पबाट प्रभावित बस्तीहरुमा एक सय अस्थायी घर टहरा निर्माण कार्य अन्तिम चरणमा पुर्‍याएकाे छ।

कांग्रेसको निर्णय अनुसार केन्द्रीय सदस्य प्रदिप पौडेलको नेतृत्वमा जाजरकोटको नलगाड नगरपालिका ५ रघुनाथ, ऐरारी, पोखरा र मुलिमा एक सय अस्थायी घर टहरा निर्माण कार्य अन्तिम चरणमा पुर्याएको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए।

उनका अनुसार प्रभावित क्षेत्रमा कांग्रेसले एक हजार अस्थायी आवास ‘घर–टहरा’ निर्माण गर्नेछ।

चिसो मौसममा प्रभावितलाई अस्थायी आवास निर्माणको अभियानमा गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदी, पालुङ्टार नगरपालिकाका पूर्वमेयर ई. दिपकवावु कँडेल, नेपाली कांग्रेस जाजरकोटका नेताहरू महेन्द्र शाह, पुष्प बस्नेत, छवि पन्त, पूर्ण ओली, महासमिति सदस्य सुशील भट्ट, वडाध्यक्ष ओम ओली, नेपाल तरुण दलका नेता भागवत रेग्मी र नेविसंघका नेताहरु, ४१ जना मिस्त्री र ७५ जना स्थानीय स्वयंसेवकहरू संलग्न रहेको बताए।

उनले दुस्खको बेला योगदान गर्ने अभियानमा थप क्रियाशील भई निरन्तर लागि पर्न अपिल गरेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *