प्रेम चलाउनेमाथि आक्रमणका एक अभियुक्त दुई वर्षपछि पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक प्रेम चलाउनेमाथि आक्रमणमा संलग्न एक फरार अभियुक्त पक्राउ परेका छन् ।

अढाई वर्षदेखि पाटन उच्च अदालतको आदेश अवज्ञा गरेर फरार भएका सयुस श्रेष्ठलाई प्रहरीले आज रातोपुलबाट पक्राउ गरेको हो ।

चलाउनेमाथि आक्रमणमा संलग्न नेविसंघका ७ जनामध्ये दुईजना फरार भएका थिए । पाटन उच्च अदालतले उनीहरुलाई जनही पाँच लाख धरौटी र एक लाख अन्तरिम क्षतिपूर्तिको आदेश दिएको थियो ।

पाटनको आदेश कार्यान्वयन गर्न दुई वर्षअघि जिल्ला अदालतबाट पक्राउ पूर्जि जारी भएको थियो ।

झापा गौरादह घर भएका श्रेष्ठलाई महानगरीय प्रहरी परिसरको टोलीले आज पक्राउ गरेको स्रोतले बाएको छ । चलाउनेले उनीबाट धरौटी नलिइकन थुनामा राख्ने माग गर्दै निवेदन दिने तयारी गरेका छन् ।

श्रेष्ठले २१ दिनको म्याद गुजारेकाले तारेखमा छोड्न नमिल्ने उनको तर्क छ ।

Comments

One response to “प्रेम चलाउनेमाथि आक्रमणका एक अभियुक्त दुई वर्षपछि पक्राउ”

  1. dhaka ram sapkota Avatar
    dhaka ram sapkota

    दुई चार महिना जेलमा राख अर्को बर्ष अाममाफी दिलाएर जेलमुक्त गराउ सक्किगो

Leave a Reply

Your email address will not be published. Required fields are marked *