माधव नेपाल पक्षद्वारा पहिलेकै कमिटी ब्युँताउने घोषणा, ओलीले बोलाएको बैठकमा नजाने (भिडियो)

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले देशभर समानान्तर कमिटी गठन गर्दै तीन महिना अभियान थाल्ने निर्णय गरेको छ । ललितपुरमा विहीवार सम्पन्न भएको दुई दिने राष्ट्रिय कार्यकर्ता भेलाले २०७५ जेठ २ अघिका सबै कमिटी र जनसंगठनको नेतृत्व व्युँताएर भेला, बैठक, प्रशिक्षण लगायतका अभिायन सञ्चालन गर्ने निर्णय गरेको हो ।

भेलाका निर्णय सार्वजनिक गर्दै एमाले सचिव योगेश भट्टराईले सर्वोच्च अदालतले नेकपा (एमाले) ब्यूताएकाे अवस्थामा त्यस बेलाका सम्पूर्ण कमिटीलाई सक्रिय बनाउने निर्णय भएको बताए । अध्यक्ष ओलीले षडयन्त्र गरेको भन्दै नेता भट्टराईले यसबीचमा आफूहरुको सहभागिता बिना बनाइएका कुनै पनि पार्टी कमिटीलाई स्वीकार नगर्ने बताए । ओलीले बनाएका कमिटी अवैधानिक भएकाले अवैधानिक कमिटीको बैठकमा नजाने उनले प्रष्ट पारे ।

भेलाले देशभरका पार्टी कमिटीलाई भेला, बैठक तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न निर्देशन समेत दिएको छ । जनवर्गियको राष्ट्रिय भेला आयोजना गर्ने तथा आगामी तिन महिना संगठन परिचालन गरिने पनि नेता भट्टराईले जानकारी दिए । उनले चैत ७ गते ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा नजाने समेत प्रष्ट पारे ।

ओलीले फागुन २८ गते गरेका निर्णय फिर्ता नलिए अन्तरसंघर्ष जारी राख्ने निर्णय भेलाले गरेको छ । भेलामा कतिपय सहभागीले एमालेमा फर्किने नेतृत्वको निर्णयको समेत आलोचना गरेका थिए । उनीहरुले केपी ओलीलाई नेता मान्न नसकिने बताएका थिए । आफूहरुमाथि कारवाही गर्न ओलीले ढिला गरेकोमा भट्टराईले आश्चर्य व्यक्त गरे ।

Comments

One response to “माधव नेपाल पक्षद्वारा पहिलेकै कमिटी ब्युँताउने घोषणा, ओलीले बोलाएको बैठकमा नजाने (भिडियो)”

  1. Nagendra Avatar
    Nagendra

    घर भित्रै त्येही घरको जग खन्ने आगो लगाउने अनि त्यो सब गर्न सकेकोमा गर्बले छात्ती ठुलो बनाउने ‘माकुने’ तिमी नै रहे छौ !!
    तिम्रा हरेक काम फर्केर हेर, तिमीले बोलेका हरेक बोलिका रेकर्ड सुन, तिमीले लेखेका हरेक दस्ताबेज हेर अनि तिमी जे जे गरि रहेका छौ एउटा राजनितिज्ञ को रुपमा सबै फर्केर हेर अनि विचार गर तिमी के गरि रहेका छौ !!! तिम्रो मस्तिस्कले जत्ति भ्याउञ्छ त्येत्ति बुझ्छौ !! तर सचेत नेपालीले बुझेको के हो भने कुनै पनि मानेमा तिमी ओलीको उचाइमा पुग्न सक्तैनौ !! यो जग हसाउने र त्येशमा पनि भारतको लागि “Comfortable” सरकार बनाउने अभियानको हर्ताकर्ता हुन छोडेर ” I am with KP Oli” भन्दै हिड न त्यो भन्दा तिमीले लाज मान्नु पर्छ. न तिम्रो अपमान हुन्छ न तिमी पछि लाग्नेको राजनीति दाउमा पर्छ त्यो त देशको दुखेको घाउमा मलम लगाउने कुरा हुन्छ देशको स्वाभिमान माथि उठाउने कुराको पक्ष्यको कुरा हुन्छ जनताको भावनाको कदर हुन्छ तिम्रो जीवनको सब भन्दा उपलब्धिको कर्म हुन्छ !! फरक देखिन मात्र बिरोध गर्नुको कुनै अर्थ छैन !! तिम्रो त्येस्तै प्रयाशले आज कस्तो दिन आएको छ र भोलि कस्तो आउने छ चेतना अझ पनि खुल्दैन भने सम्पूर्ण दुर्गतिको कारक तिमी हुने छौ !!! यत्ति बुझ तिम्रो अस्तित्व एमाले रहे सम्म हो र एमालेको नेता केपी ओली हुन् आज देश उनको काधमा उभिएको छ !! यसको अर्थ अरु कोहि केहि हैनन् भनेको हैन; तर ओलीलाई लडाए सबै ढ्लछौ उठाउन न तिमीले सक्छौ न कोहि छ !! यत्ति हो भनेको !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *