काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद रामहरि खतिवडाले नेकपा एमाले फुटाएर आएमा माधवकुमार नेपाललाई कांग्रेसले प्रधानमन्त्री बनाउन सघाउने दाबी गरेका छन् ।
एमाले अध्यक्ष केपी ओलीले माधव नेपाल पक्षलाई पेलेरै जाने देखिएको भन्दै खतिवडाले ४० प्रतिशत सांसद फुटाएर आउनसके माधव नेपाललाई प्रधानमन्त्री मान्नेबारे कांग्रेसका नेताहरुबीच छलफल चलेको बताए ।
नेपाल प्रेससँग कुरा गर्दै खतिवडाले भने- हामीले त भनेकै हो, माधवजीहरु एमाले फुटाएर आउनुहुन्छ भने अझै पनि केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउन सकिन्छ । नत्र अब मुलुक अर्लि इलेक्सनतिर जाने देखियो ।

Leave a Reply