हात बाँधेर झुण्ड्याइएको अवस्थामा हेटौँडामा बालकको शव फेला

हेटौँडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१६ हटियामा हात बाँधेर झुण्ड्याइएको अवस्थामा एकजना बालकको शव फेला परेको छ । हटियाको चिसापानी नजिकै बालक झुण्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले घटनास्थलमा अनुसन्धान गर्दा सोहि स्थानका १२ वर्षीय मुस्कान भन्ने सुजन थिङलाई पछाडि हात बाँधेर झुण्डाइएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जनाएका छन् ।

मृतकको सबको प्रकृति हेर्दा हत्या गरिएको हुन सक्ने आशंका गरिएको जिल्ला प्रवक्ता कार्कीले बताए । घटनाको थप विवरण पोष्टमार्टम पछि आउने प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *