आफ्नै नेताहरूलाई देउवाले भने- विचराहरु अझै प्रचण्डको विरुद्ध बोल्न डराउँछन्

नुवाकोट । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा चुनाव हुँदैन भन्ने आफ्नै नेताहरुप्रति आक्रोशित बनेका छन् ।

नुवाकोटको पार्टी कार्यालय भवन उद्घाटन समारोहमा बोल्ने अधिकांश नेताले प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा कांग्रेस उभिनुपर्ने बताएपछि देउवा आक्रोशित बनेका हुन् ।

उनले ६ महिनाभित्र चुनाव नभए केपी ओलीलाई हटाउने भन्दै चुनाव हुँदैन भन्नेहरुमा पराजित मानसिकता रहेको बताए । चुनाव हुँदैन भनेर भ्रम फैलाइएको भन्दै कांग्रेसले तयारी नगरे फेरि हार्नुपर्ने बताए ।

उनले भने, चुनाव हुन्छ, चुनाव हुन्छ, चुनाव हुन्छ । अदालतले जे फैसला गर्छ त्यो नमान्ने हो भने हामीले पनि प्रचण्डले जस्तै धम्क्याउने ?’

संविधान बुझेका विद्वान पार्टीभित्र र बाहिर धेरै भएपनि संविधानको व्याख्या सर्वोच्च अदालतले मात्रै गर्नसक्ने भन्दै सभापति देउवाले अदालतको निर्णय आफूलाई स्वीकार्य रहेको बताए ।

‘अदालतलाई धम्क्याउने कुरा छैन । अदालतले संसद पुनःस्थापना गर्‍यो भने संसदमा जाने हो, गरेन भने चुनावमा जाने हो’, देउवाले भने ।

देउवाले भने, ‘मैले त उतिबेलै भनेको हो कम्युनिष्‍टले जिते भने बोल्न पनि पाइँदैन । हाम्रो पार्टीका साथीहरू बल्लबल्ल ओलीको विरोध गर्न सक्ने हुनुभएछ । प्रचण्डको विरोध गर्न त अझै सक्नुहुन्न । प्रचण्डसँग किन डराएको हो कुन्नि ?’, देउवाले भने । उनले ओली वा प्रचण्ड दुवैविरुद्ध उभिन सक्ने कांग्रेस बनाउनु आफ्नो लक्ष्य रहेको बताए ।

 

Comments

2 responses to “आफ्नै नेताहरूलाई देउवाले भने- विचराहरु अझै प्रचण्डको विरुद्ध बोल्न डराउँछन्”

  1. bhakta Avatar
    bhakta

    हिजो तिनैको छोरिलाइ काधमा बोकेर हिड्ने आज आफ्नैलाइ धम्काउने हिम्मत बरु देउवामा कसरी आयो?? मरेको शिनो जस्तै काधमा सतिदेबिको लास महादेवले बोकेझै बोकि बोकि चुनाव जिताएर पछि तिनैले उत्तानोट्याङ लगाए ,बल्ल अलि होश खुलेजस्तो छ,यस्तै घमन्ड रहे बिगतकै हाल हुनेमा कुनै संका छैन।

  2. वीरेन्द्र Avatar
    वीरेन्द्र

    यस्ता स्याललाई अगाडि लाएर कङ्गग्रेस कहाँ जान हिंडेको । के देउवालाई प्रधानमन्त्री बनाउनु नै कङ्ग्रेसको सिद्धान्त नीति कार्यक्रम हो ? लोकतन्त्र र संविधानवादको रक्षा यसको काम हिइन?

Leave a Reply

Your email address will not be published. Required fields are marked *