आयोगलाई प्रचण्डको लिखित जवाफ : बाजाबारे मलाई थाहा छैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगलाई लिखित रूपमा जवाफ फर्काएका छन्।

उम्मेदवारी दर्ताको क्रममा आयोगले बाजा किन बजाएको भनेर स्पष्टीकरण सोधेपछि त्यसको जवाफ फर्काएको शनिवार गोरखामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै जानकारी गराएका हुन्।

आयोगलाई स्पष्टीकरण बुझाएकोबारे उनले भने, ‘अस्ति कसले बाजा बजाएछ। तर, बाजा कहाँबाट आयो मलाई थाहा छैन। निर्वाचन आयोगले स्पष्टीकरण सोधेको थियो। मेरो योजनामा होइन भनेर लिखित स्पष्टीकरण दिएर आएँ।’

उनले आफूले के बोल्छ, के गर्छ भनेर आफूलाई माइक्रोस्पकोले हेर्ने काम भइरहेको उल्लेख गरे।

Comments

One response to “आयोगलाई प्रचण्डको लिखित जवाफ : बाजाबारे मलाई थाहा छैन”

  1. Durgaprasad Avatar

    मैले वोलाएको होईन, ओलीको वाजा हो भन्दिए भैहाल्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *