चट्याङ लागेर तीजको नाचगान गरिरहेका दुई किशोरीको मृत्यु

रूपन्देही । दाङमा चट्याङ लागेर मंगलबार राति तीजको नाचगान गरिरहेका दुई जना किशोरीको मृत्यु भएको छ ।

चट्याङ लागेर घोराही उपमहानगरपालिका- १२ गुरौगाउँको सालडाँडामा २ जना किशोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिए ।

गुरौगाउँका १६ वर्षीय दीपा घर्ती र १९ वर्षीय मोनिसा शाहको चट्याङ लागेर मृत्यु भएको उनले बताए ।

घटनामा एकदर्जनभन्दा बढी महिला घाइते भएको र उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक गौतमले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *