कांग्रेस नेता गिरिको श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा पार्थिव शरीर राखिने, आजै अन्त्येष्टि

काठमाडौं ।नेपाली कांग्रेसका नेता, समाजवादी चिन्तक, पूर्व केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य प्रदिप गिरिको अन्त्यष्टी आजै गरिने भएको छ ।

उपचारका क्रममा गएराती नेपाल मेडिसिटी अस्पतालमा निधन भएका कांग्रेस नेता गिरिको पशुपति आर्यघाटमा अन्त्येष्टी गरिन लागिएको हो ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक मीनबहादुर विश्वकर्माले एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएका छन् ।

अन्त्येष्टिअघि अन्तिम श्रद्धाञ्जलीका लागि  गिरिको पार्थिव शरीर आज विहान ९ बजे देखि ११ बजेसम्म मेडिसिटी अस्पताल, ललितपुरको शिवालयमा राखिने छ । त्यसपछि साढे ११ बजे देखि २ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय बिपी स्मृति भवन सानेपामा राखिने छ ।

त्यसपछि अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा लगिने विज्ञप्तिमा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *