देउवाविरुद्ध चुनावी मैदानमा उत्रिए ढकाल , भन्छन्- ‘उहाँलाई आराम दिने हो’

कैलाली । पाँच वर्ष पहिले प्रधानमन्त्री शेरबहादुर देउवासँग बिबिसीको साझा सवालमा सवाल जवाफमा उत्रिएका सागर ढकाल अहिले देउवा विरुद्ध चुनावी मैदानमा उत्रिएका छन् ।

ढकालले बिहीबार डडेल्धुरामा पत्रकार सम्मेलन गर्दै आगामी प्रतिनिधिसभाको चुनाव डडेल्धुराबाट लड्ने घोषणा गरेका छन् । यो क्षेत्र २०४८ सालदेखि देउवा अपराजित रहेको क्षेत्र हो । लगातार पाँच पटक सम्म निर्वाचित भएका देउवालाई धक्का दिने उद्देश्यले ढकालले नयाँ अभियानसहित उत्रिएको बताएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै उनले मुलुक हाँक्न ४० वर्ष मुनिका युवा आवश्यक रहेको बताए। ।उनले यस पटक देउवालाई आराम गर्न दिने भन्दै चुनावी मैदानमा उत्रिएको दाबी गरे ।

‘शेरबहादुर देउवालाई स–सम्मान आराम दिने हो। उहाँहरूले धेरै मेहनत गर्नु भयो। हाम्रो लागि बोल्ने वातावरण बनाइदिनु भयो,’ उनले भने, ‘बुवा पुस्ता गगन थापा, योगेश भट्टराई, घनश्याम भुसालहरू ढुङ्गा मुडा गरेर आउनु भएको हो। उहाँहरू लोकतन्त्रको लागि लड्दिनु भयो। अब सल्लाह दिने काम गर्नुहुन्छ।’

डडेल्धुराबाट देशभरि सन्देश दिन आफूले उम्मेदवारी घोषणा गरेको उनको भनाइ थियो । बुधबार बस चढेर उनी डडेल्धुरा पुगेका हुन्। ढकाल पेसाले इन्जिनियर हुन्।

Comments

One response to “देउवाविरुद्ध चुनावी मैदानमा उत्रिए ढकाल , भन्छन्- ‘उहाँलाई आराम दिने हो’”

  1. नर बहादुर ठकुरी Avatar
    नर बहादुर ठकुरी

    गुड ठिक छ ।उहाँको देश बनाउने साहसलाइ सलाम ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *