रुसका लागि सैन्य सामग्री ओसारपसार गर्ने पुल ध्वस्त बनाएको युक्रेनको दाबी

काठमाडौं । रुसी सेनाका लागि सैन्य तथा अन्य सामाग्री ओसारपोसार गर्नका निमित्त अत्यावश्यक मानिएको दक्षिणी युक्रेनमा अवस्थित एक पुललाई पूर्ण रुपमा ध्वस्त बनाइएको युक्रेनले दाबी गरेको छ ।

युक्रेनको दाबीपछि रुसको अधिनमा रहेको खार्सन क्षेत्रका उपप्रमुख किरल स्टरमिसवले पनि डिन्प्रो नदीमाथि रहेको एन्टोनिभस्की पुलमा युक्रेनी सेनाले बुधबार क्षति पुर्‍याएको जनाएको छ ।

यद्यपि युक्रेनको हमलाले आवतजावत पूर्ण रुपमा भने बन्द नभएको किरलको भनाइ छ । इन्टरफ्याक्स न्युज एजेन्सीले सम्प्रेषण गरेको समाचारलाई खण्डन गर्दै किरलले भनेका छन् । ‘हमलापश्चात उक्त पुल नाजुक अवस्थामा रहेको साँचो हो तर आवतजावत पूर्ण रुपले बन्द भएको छैन ।’

झण्डै डेढ किलोमिटर लामो पुल यदि वास्तवमा नै पूर्ण रुपमा ध्वस्त भएको हो भने रुसलाई सेना तथा सैन्य सामाग्री आपूर्ति गर्न ठूलो चुनौती हुने जनाइएको छ ।

युक्रेनले अमेरिकाद्वारा सहयोग स्वरुप उपलब्ध गराएको ’एचआईमार्स’ नामक क्षेप्यास्त्रको प्रयोग गरी पुललाई क्षति पुर्‍याएको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *