काठमाडौं । भारतले बाढी तथा प्राकृतिक प्रकोप प्रभावित परिवारहरूका लागि राहत सामग्री हस्तान्तरण गरेको छ ।
नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले आज बिहान गृहमन्त्रालयमा एक कार्यक्रमबीच भारतीय जनता र भारत सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणलाई ती सामग्री हस्तान्तरण गरे ।
भारतले नेपाललाई तीन हजार थान टेन्ट र १० थान ‘रबर बोट’ उपलब्ध गराएको हो ।
सामग्री बुझ्दै गृहमन्त्री खाणले प्राकृतिक प्रकोप प्रभावितहरूलाई प्राप्त सहयोगप्रति भारतीय जनता र त्यहाँको सरकारलाई धन्यवाद दिए । नेपाल बाढी, पहिरो, डुबानलगायतका प्राकृतिक प्रकोपमा पर्दा भारत सरकारबाट सहयोग भइरहेको भन्दै उनले आगामी दिनमा पनि सहयोगको अपेक्षा गरे ।
कार्यक्रममा राजदूत श्रीवास्तवले मनसुनको सुरुवातमा राहत सामग्री हस्तान्तरण गर्न पाएकोमा खुसी जनाउँदै आउँदा दिनमा पनि थप सहायता गर्ने वचन दिए ।

Leave a Reply