तनहुँ । तनहुँको आबुखैरेनी गाउँपालिका ४ पावर हाउस स्थित रुवाखोलाको पुलबाट आज बिहान मिनी ट्रिपर खस्दा चालकको मृत्यु भएको छ ।
चालक तनहुँकै म्याग्दे गाउँपालिका ६ मनपाङका ४७ वर्षीय राम बहादुर दमाईको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको भरतपुर स्थित मेडिकल कलेज भरतपुरमा आज बिहान सवा ६ बजे मृत्यु भएको हो ।
मुग्लिङबाट आबुखैरेनीतर्फ जाँदै गरेको ग १ क ४४६९ नम्बरको ट्रिपर आज बिहान साढे ४ बजे अनियन्त्रित भई पुलबाट अन्दाजी २० मिटर तल खोलामा खसेको थियो ।

Leave a Reply