गुजरात टाइटन्स आईपीएलको फाइनलमा

नयाँ दिल्ली । गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको पहिलो सहभागितामै फाइनलमा पुगेको छ। मंगलबार राति पहिलो क्वालिफायरमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै गुजरात फाइनलमा पुगेको हो।

अन्तिम ओभरमा जितका लागि १६ रन आवश्यक रहेका बेला डेभिड मिलरले सुरुका लगातार तीन बलमा छक्का प्रहार गरेका थिए।

एक सय ८९ रनको लक्ष्य गुजरातले १९.३ ओभरमा ३ विकेट मात्र गुमाएर भेट्टाएको हो। मिलरले ३८ बलमा ६८ रन बनाए। कप्तान हार्दिक पान्ड्याले २७ बलमा ४०, सुबमन जिलले २१ बलमा ३५ र म्याथ्यु वेडले ३० बलमा ३५ रन बनाए।

हार्दिक र मिलरबीच एक सय ६ रनको साझेदारी भएको थियो।।

त्यसअघि पहिला ब्याटिङ गरेको राजस्थानका लागि जोस बटलरले ८९ रनको योगदान गरेका थिए। बटलरले ५६ बलमा दुई छक्का र १२ चौका प्रहार गरेका थिए। सन्जु सामसनले पनि २६ बलमा ४७ रन जोडे।

रोयल्सले अब दोस्रो अवसर पाउने छ। लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बैगलोरबीच हुने खेलको विजेतासँग रोयल्सले दोस्रो क्वालिफायर खेल्नेछ। त्यस खेलमा जित हात पार्ने टोलीले उपाधिका लागि टाइटन्ससँग खेल्नुपर्ने छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *