माओवादी वडाध्यक्षका उम्मेदवारले भोट माग्दा पैसा दिएको तस्बिर सार्वजनिक

दाङ । लमही नगरपालिका– १ को वडा अध्यक्षका माओवादी उम्मेदवार घनश्याम खनालले चुनावी घरदैलोका क्रममा वृद्धावृद्धालाई रकम दिएको तस्बिर सार्वजनिक भएको छ । तर उम्मेदवार खनालले भने आफूले भाेट मागेको तर पैसा नदिएको बताएका छन् ।

तस्बिरमा खनालले सुनडबरीका महिलालाई पैसा दिएको देखिन्छ । उनले पाँच सयदेखि एक हजार रूपैयाँसम्म मतदातालाई दिएको एक स्थानीयले बताए ।

यो वडामा सबै पार्टी एक्लाएक्लै चुनावी मैदानमा छन् ।

Comments

One response to “माओवादी वडाध्यक्षका उम्मेदवारले भोट माग्दा पैसा दिएको तस्बिर सार्वजनिक”

  1. WIN matic Avatar
    WIN matic

    जसरी surya abaran भन्ने ब्याक्ती ले लमही नगरपालिका वार्ड न:१का माओबादि केन्द्रका उमेद्वार ले पैसा बाडे भन्ने हल्ला गरि सामाजिक संजालमा चुनाबी माहोल बिथोल्न जनतालाइ भ्रममा पार्ने खालका जुन गतिबिधी हरु भैरहेका छन।त्यसप्रती मेरो गम्भीर आपत्ती छ।मैले कुनैपनी यस्ता खालका गतिबिधी हरुगरेको छैन ।जुन वृद्धहरुलाइ पैसा दिएको कुरा छ त्यो चुनाबमा मात्रै नभएर बिगतका बर्ष देखिनै पौस्टिक आहारको लागि केही आर्थिक सहयोग र स्वास्थको लागि डाक्टर हरुसङ परामर्श गर्दै आइरहेकाले यसलाइ जुन प्रकारले प्रचार प्रसार भएको छ।यो सरासर गलत छ।म सबै पत्रकार ,राजनीतिक दलहरुसङ यो कुराको अनुरोध गर्दछुकी सबैले आ-आफ्नो तरिकाले प्रचार प्रसार गरौ ।प्रचार प्रसारको नाममा कसैको चरित्र हत्या गर्नेकाम कसैले नगरम।

Leave a Reply

Your email address will not be published. Required fields are marked *