देउवालाई भ्रष्टाचारविरुद्धकी अभियन्ता जिता बरालको प्रश्न: रेनु दाहालसँग कति रुपैयाँमा बिक्नुभयो ?

चितवन । चिकित्सक एवम् भ्रष्टाचारविरुद्धकी अभियन्ता जिता बरालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ‘कति रुपैयाँमा बिकेर माओवादी उम्मेदवारलाई जिताउने निर्णय गर्नुभयो ?’ भनी प्रश्न गरेकी छन् । गठबन्धनबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललको चुनावी कार्यक्रममा बोल्दै अभियन्ता बरालले प्रधानमन्त्री देउवासँगै कांग्रेस चितवन सभापतिलाई यस्तो प्रश्न गरेकी हुन् ।

‘हिजो चितवनका कांग्रेसले रुखबाहेक कतै भोट हालिँदैन, भोट हाल्न परे हात काटिन्छ भन्नेहरु कति पैसामा बिके ?’ आक्रोशित मुद्रामा प्रस्तुत भएकी बरालले भनिन्, ‘म कुनै पार्टीको होइन, तर भ्रष्टाचारलाई प्रश्रय दिने प्रचण्डपुत्री रेनुलाई चितवनका कांग्रेसले किन भोट हाल्ने ?’

माओवादीले विगतमा कांग्रेसको हात काटेको बदला लिनुपरे लिने भन्दै उनले स्वातन्त्र उम्मेदवार पौडेललाई भोटसमेत मागिन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *