वागमती मुख्यमन्त्रीको सल्लाहकारमा प्रकाश विकल्प नियुक्त

काठमाडौं । लेखक एवम् राजनीतिकर्मी प्रकाश विकल्प वागमती प्रदेश मुख्यमन्त्रीको सल्लाहकारमा नियुक्त भएका छन् । वागमती मन्त्रिपरिषद् बैठकले उनलाई सल्लाहकारमा नियुक्त गरेको हो ।

‘स्मार्ट सरकार’ बनाउने लक्ष्यअनुरूप मुख्यमन्त्री राजेन्द्र पाण्डेले अघि सारेको वडातहसम्मको समाजवादी कार्यक्रम, प्रविधिमैत्री यातायात क्षेत्रलगायतका प्रदेश विकासका नविनतम कार्यक्रमलाई रणनीतिकरूपमा अघि बढाउन विकल्पसहित केही विज्ञलाई सल्लाहकारमा नियुक्त गरेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

आफूले पाएको जिम्मेवारी वैज्ञानिक खोज, अनुसन्धान, अन्वेषण र प्रयोगको माध्यमद्वारा समाज रुपान्तरणमा प्रयोग गर्ने प्रकाशले बताएका छन् ।

उनी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा स्थानीय तह विभागका उपप्रमुखसमेत हुन् । प्रतिनिधिसभा विघटनविरुद्धको संयुक्त आन्दोलन परिचालनमा उनी सचिवालयमा थिए ।

प्रकाशले ‘देश किन बनेन’, ‘समृद्धिको रोडम्याप’ लगायतका पुस्तक समेत लेखेका छन् ।

Comments

One response to “वागमती मुख्यमन्त्रीको सल्लाहकारमा प्रकाश विकल्प नियुक्त”

  1. ksp pyl Avatar
    ksp pyl

    राजेन्द्रकै काम छैन । देशकाे ढुकुटी लुटन अर्काे हनुमान नियुक्त ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *