‘एमसीसी नवउपनिवेशको अर्को रूप, अमेरिकी धम्कीको प्रतिवाद गरौं’

काठमाडौं । नेकपा (एकीकृत समाजावदी) को भ्रातृ संगठन अनेरास्ववियूले एमसीसीलाई नवउपनिवेशको रूप भन्दै अमेरिकी अधिकारीहरूले धम्कीको प्रतिवाद गर्न आग्रह गरेको छ।

‘हिजो मात्रै अमेरिकी अधिकारीहरूले एमसीसी पास नगरेमा नेपाल हेर्ने नीतिमै हेरफेर गर्ने छौं भन्ने साम्राज्यवादी थ्रेटको अनेरास्ववियू घोर निन्दा र भर्त्सना गर्दछ,’ अध्यक्ष सुदेश पराजुलीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘विश्व साम्राज्यवादको नाइके अमेरिकाको कुनै पनि खालको प्रलोभन र धाक धम्कीमा नपरी यसको कडा प्रतिवाद गर्न अनेरास्ववियू सम्पुर्ण राजनितिक दल, नागरिक समाज, पत्रकार, युवा विद्यार्थी, बुद्धिजिवि लगायत आम जनसमुदायलाई हार्दिक अपिल गर्दछ।’

एमसीसी खारेज गर्न र संसदमा टेवल नगर्न दबाबको लागि फागुन १ गते ७७ ओटै जिल्लामा आन्दोलन गर्ने पनि अनेरास्ववियूले बताएको छ ।

Comments

One response to “‘एमसीसी नवउपनिवेशको अर्को रूप, अमेरिकी धम्कीको प्रतिवाद गरौं’”

  1. ksp pyl Avatar
    ksp pyl

    पढनु न गुन्नुका टाेलेहरू खुब बादका कुरा गर्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *