खेलाडीलाई दलहरुले चुनावमा बुथ कब्जा गर्न दुरुपयोग गरे : गोकुल बास्कोटा (भिडिओ)

काठमाडौं । नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा खेलकुद महासंघका इन्चार्ज गोकुल बास्कोटाले पञ्चायतकालमा व्यवस्था जोगाउन खेलाडीको दुरुपयोग हुने गरेजस्तै बहुदलकालमा कतिपय दलहरुले बुथ कब्जा गर्न प्रयोग गरेको बताएका छन् ।

नेपाल खेलकुद महासंघले इन्चार्ज बास्कोटालाई स्वागत गर्न विहीवार आयोजना गरेको कार्यक्रममा बास्कोटाले खेलाडीको सम्मान गर्न अझै दलहरुले र सरकारले नसकेको टिप्पणी गरे ।

बास्कोटाले भने – खेलाडी राष्ट्रका गहना होइन गौरव हुन् । पन्चायतकालमा व्यवस्था जोगाउन खेलाडी दुरुपयोग गरिएपनि शरचन्द्र शाहले खेल क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिए । तर बहुदल र गणतन्त्रकालमा त्यति पनि किन भएन रु दलहरुले खेलाडीलाई गुण्डाका रुपमा बुथ कब्जा गर्न प्रयोग गरेको समेत हामीले देख्यौं ।

केपी ओली प्रधानमन्त्री भएको बेला खेलाडीको उत्साह भर्ने काम भएको र सागमा पदकहरु पनि प्राप्त भएको भन्दै बास्कोटाले अब खेलाडीलाई भोटिङ मेसिनका रुपमा नभएर गोल र मेडल मेसिनका रुपमा प्रयोग गर्नुपर्ने बताए ।

देश एकीकरण गर्ने पृथ्वीनारायण शाहको शालिक भत्काएर गणतन्त्रको गीत गाउने प्रवृति नै घातक रहेको भन्दै उनले तीनै तहका सरकारले खेल क्षेत्रके विकासमा ध्यान दिनुपर्निे बताए ।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा मोर्चा विभागका इन्चार्ज भानुभक्त ढकाल,पूर्व खेलकुद मन्त्री तथा महासंघका पूर्व अध्यक्ष एमाले नेता पुरुषोत्तम पौडेल,दावा तामाङ,खेलकुद विभागका प्रमुख लिलवहादुर थापा,राखेपका सदस्य सचिव रमेश सिलवाल,महासंघका अध्यक्ष रमेश पौडेल लगायतले सम्बोधन गरेका थिए ।

तस्बिरहरु : उमेश कार्की

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *